चिनियाँ नेता सी जिनपिङद्वारा अमेरिकालाई “ताइवान स्वतन्त्रता” लाई समर्थन नगर्ने वास्तविक प्रतिबद्धता देखाउन आग्रह

इनेप्लिज २०८० कार्तिक ३० गते १:२८ मा प्रकाशित

चिनियाँ नेता सी जिनपिङले अमेरिकालाई “ताइवान स्वतन्त्रता” लाई समर्थन नगर्ने वास्तविक प्रतिबद्धता देखाउन आग्रह गरेका छन ।

जिनपिङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई संयुक्त राज्यले “ताइवानको स्वतन्त्रता” लाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धताको सम्मान गर्न वास्तविक कदम चाल्नुपर्ने बताएको चिनियाँ सरकारी संचार माध्यमले जनाएको छ।

चिनियाँ राज्य समाचार सँस्था सिन्ह्वाले जारी गरेको वक्तब्य (रिडआउट )अनुसार दुई नेताको भेटमा सीले ताइवानलाई हतियार बन्द गर्न र चीनको “शान्तिपूर्ण पुनर्मिलन” लाई समर्थन गर्न अमेरिकालाई आग्रह गरे।

“चीनले अन्ततः एकीकरण हासिल गर्नेछ, र अनिवार्य रूपमा एकीकरण हासिल गर्नेछ,” सीले उक्त वक्तब्यमा भनेका छन्।

सिन्ह्वा अनुसार चिनियाँ नेताले ताइवान मुद्दा सधैं अमेरिका-चीन सम्बन्धमा “सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील मुद्दा” भएको पनि उल्लेख गरेको लेखेको छ ।

चीनको सत्तारुढ कम्युनिष्ट पार्टी( जनवादी दल )ले ताइवानलाई आफ्नो क्षेत्र दाबी गर्दै आएको छ, यद्यपि २३ मिलियन जनसंख्याको टापुमा कहिल्यै नियन्त्रण गरेको छैन । सीले ताइवानसँग “पुनः एकीकरण” गर्न बल प्रयोग नगर्ने वाचा गरेका छन् भनि सिएनएनले आफ्नो समाचारमा जनाएको छ ।

प्रतिक्रिया