चीन र अमेरिकाले उच्चस्तरीय सैन्य सञ्चार पुनः सुरु गर्ने र लागूऔषध नियन्त्रणमा सहयोग गर्ने

इनेप्लिज २०८० कार्तिक ३० गते १:०५ मा प्रकाशित

चीन र अमेरिकाले उच्चस्तरीय सैन्य सञ्चार पुनः सुरु गर्ने र लागूऔषध नियन्त्रणमा सहयोग गर्ने चिनिया सरकारी संचार माध्यमले जनाएको छ।

चिनियाँ नेता सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच घन्टा लामो शिखर वार्तापछि उच्चस्तरीय सैन्य सञ्चार पुनः सुरु गर्न र लागुऔषध विरुद्धको कारबाहीमा सहयोग गर्ने सहमति भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

चीनको सरकारी संचार माध्यम सिन्ह्वाद्वारा जारी गरिएको वक्तब्य अनुसार दुवै नेताहरू “समानता र सम्मानको आधारमा दुई सेनाहरू बीच उच्च स्तरको सञ्चार पुनः सुरु गर्न सहमत भए,” भनि उल्लेख गरेको छ ।

दुवै पक्षले आफ्ना रक्षा मन्त्रालयहरू र समुद्री सैन्य सुरक्षा परामर्शहरू बीचको बैठकहरू पुनः सुरु गर्नेछन् ।

सिन्ह्वाले दिएको विवरण अनुसार दुई पक्षले लागुऔषध विरुद्धको सहकार्य गर्नका लागि लागुऔषध विरोधी कार्य समूह स्थापना गर्न र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)मा अन्तरसरकारी संवाद गर्न पनि सहमति जनाएका छन्।

सिन्ह्वाका अनुसार दुवै नेताले अर्को वर्षको शुरुमा उडान थप गर्ने र शिक्षा, अन्तर्राष्ट्रिय विद्यार्थी र संस्कृति, खेलकुद र व्यापार क्षेत्रमा आदानप्रदान विस्तार गर्ने वाचा गरेका छन्।

प्रतिक्रिया