अमेरिकाको बाइडेन र चिनिया नेता सी बीच भेटघाट , सैन्य द्वन्द्व, लागूपदार्थ तस्करी र कृत्रिम बुद्धिमत्तामा बिषयमा छलफल

इनेप्लिज २०८० कार्तिक २९ गते १३:०३ मा प्रकाशित

अमेरिकाको जो बाइडेन र चिनिया नेता सी जिनपिङ बीच भेटघाट भएको रोयटर्सले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य द्वन्द्व, लागूपदार्थको तस्करी र कृत्रिम बुद्धिमत्ता( एआई )मा महाशक्तिहरू बीचको खटपटीलाई कम गर्न सक्ने उद्धेश्यका साथ बुधबार एक वर्षमा पहिलो पटक चिनियाँ नेता सी जिनपिङलाई भेटे

बाइडेन र सी ले ताइवान, दक्षिण चीन सागर, इजरायल-हमास युद्ध, युक्रेनमा रुसको आक्रमण, उत्तर कोरिया र मानवअधिकारका विषयमा छलफल गर्न तयार भएका र दुवै नेताहरूले लामो समयदेखिको विवाद समाधान गर्न सकेका छैनन् भनि रोयटर्सले लेखेको छ ।

बाइडेन र सी गत मंगलबार क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को आइपुगेका थिए । उनीहरूले एसिया-प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको छेउमा आफ्नो बैठक गर्ने तयारी गरेका थिए।

विमानस्थलदेखि सम्मेलन स्थलसम्मको मार्गमा चीनको सत्तारुढ कम्युनिष्ट पार्टी(जनवादी दल )को पक्ष र विपक्षमा प्रदर्शनकारीहरूले भरिएको थियो, जुन २०१७ मा पछिल्लो पटक संयुक्त राज्य अमेरिका भ्रमण गरेका सी का लागि असामान्य दृश्य भएको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया