अमेरिकामा केही नेपालीहरुले नोभेम्बर १४ मंगलबार कै दिन तिथी अनुसार भाइ-टिका लगाए

इनेप्लिज २०८० कार्तिक २९ गते २:१९ मा प्रकाशित

अमेरिकामा केही नेपालीहरुले नोभेम्बर १४ मंगलबार कै दिन तिथी अनुसार भाइ-टिका लगाएका छन् । भाइटिकाको लागि अन्तर्राष्ट्रिय पंचांग समितिले संसारभरको साइत र मिति प्रकाशित गरे अनुसार अमेरिकामा केही नेपालीहरुले नेपाल भन्दा एक दिन अगाडी नै भाइ टीका सम्पन्न गरेका छन् ।

सामाजिक संजालमा भाइटीका लगाएका आफ्ना तस्बिरहरु प्रकाशन गरेका छन्। अन्तर्राष्ट्रिय पंचांग समितिले प्रकाशित गरेको साइत अनुसार भाइटिका नेपालमा भन्दा अमेरिकामा एक दिन पहिले परेको छ ।

अर्थात् अमेरिकामा नोभेम्बर १४ तारिख मंगलबारका दिन भाइटीका परेको छ भने नेपालमा नोभेम्बर १५ तारिख बुधबार परेको छ । तर दिपावली अथवा लक्ष्मी पूजा नेपाल र अमेरिकामा दुवै ठाउँमा आइतबार अक्टोबर १२ मा परेको थियो ।

अधिकांश नेपाली समुदायहरु अमेरिकामा भाइ टिका बुधबार नै मनाउन तयार रहेका छन् भने केही नेपाली समुदायहरु मंगलबार अर्थात् नेपाल भन्दा अघिल्लो दिन पर्ने द्वितीया तिथिमा गर्नु पर्छ भन्दै सोही अनुसार मनाएका छन् ।

नेपालका ज्योतिषहरुका अनुसार नोभेम्बर १४ मंगलबार नेपालमा गोबर्धन पूजा मनाईएको छ भने अमेरिकामा पनि गोबर्धन पूजा नै हो ।

प्रतिक्रिया