अमेरिकी संघिय सरकार बन्द हुन् बाट जोगियो ,तल्लो सदनले बहुमतद्वारा कोष विधेयक पारित

इनेप्लिज २०८० कार्तिक २९ गते ०:२१ मा प्रकाशित

अमेरिकी संघिय सरकार बन्द हुन् बाट जोगिएको छ । अमेरिकी प्रतिनिधि सभा अर्थात् तल्लो सदनले बहुमतले कोष विधेयक पारित गर्न सफल भएको छ । नव निर्वाचित सभामुख माइक जोनसन भाग्यशाली बनेका छन् ।

रिपब्लिकन दलक सभामुख भएता पनि तल्लो सदनमा रहेका डेमोक्र्याट्सहरुले पुरै सहयोग गरेको कारण आज वित्तपोषण बिधेयक सजिलै पारित हुन् सकेको हो । सरकार अब बन्द हुनबाट बालबाल जोगिएको छ ।

यो द्विदलीय आधारमा आज भएको मतदानमा हुन्छ भन्ने पक्षमा ३३६ र हुदैन भन्ने पक्षमा ९५ मत परेको थियो । डेमोक्र्याटहरुले २०९ मत दिएका थिए ।

विधेयकको ९३ रिपब्लिकन र दुई डेमोक्रेटहरुले विरोध गरेका थिए ।अब अमेरिकी मथिल्ल्लो सदन सिनेटले शुक्रबार अघि अनुमोदन गर्नु पर्ने हुन्छ ।

दुई चरणको योजनाले सैन्य निर्माण, भूतपूर्व अमेरिकी सैनिक मामला, यातायात, आवास र ऊर्जा विभाग लगायत प्राथमिकताका लागि जनवरी १९ सम्म कोष विस्तार गर्दछ।

यो बिधेयकमा इजरायल वा युक्रेनका लागि थप सहायता समावेश गरिएको छैन। राष्ट्रपति जो बाइडेनले सिनेटबाट पारित भएमा सदनले स्वीकृत सरकारी कोष विधेयकमा हस्ताक्षर गर्ने ह्वाइट हाउसका एक अधिकारीले मंगलबार बताए ।

प्रतिक्रिया