अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को देउसी भैलो कार्यक्रममा अमेरिकामा जन्मिएका बालबालिकाले खेले देउसी भैलो

इनेप्लिज २०८० कार्तिक २६ गते १८:०२ मा प्रकाशित

सन् २००८ मा भर्जिनिया राज्यको मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को देउसी भैलो कार्यक्रम २०२३ सफलतापूर्वक सम्पन्न भएको छ । गत नोभेम्बर ११ शनिबारका दिन मनासस शहरमा आयोजित देउसी भैलो कार्यक्रममा अधिकांश उक्त संस्थाद्वारा संचालित अमेरिका नेपाल शिक्षा सदनमा अध्ययनरत बिधार्थीको साथै आफ्नै संस्थाकै सदस्य तथा पदाधिकारीहरुका प्रस्तुतीहरु रहेका थिए ।

एएनएसएच) अमेरिकाको भर्जिनिया राज्यको मनासस शहर सन् २००८ मा स्थापित उक्त संस्था अमेरिका भरि कै क्रियाशील गैर मुनाफा सामाजिक संस्था मध्ये कै अत्यन्तै क्रियाशील संस्थामा पर्दछ र मानिन्छ ।

गत नोभेम्बर ११ शनिबार काग तिहार र छुट्टीको दिन समेत रहेकोले अभिभावकहरु सहित बालबालिकाको साथमा देउसी खेल्न र उनीहरुलाई प्रोत्साहन गर्न त्यहाँ उपस्थिती जनाएका थिए ।

अमेरिकामा शनिबार र आइतबार अधिकांशको बिदा पर्ने हुनाले यमपञ्चक पनि सुरु भएकोले देउसी भैलो कार्यक्रम २०२३ भब्यतासाथ सम्पन्न भएको छ ।

अमेरिका नेपाल सहयोगी समाजले एकै थलोमा भेला गराई देउसी भैलो खेलेको छ । यसको साथै विभिन्न साँस्कृतिक कार्यक्रमको लागि अमेरिकामा जन्मेका बालबालिकाहरुलाई आफ्नो चाड पर्व परम्परा आदिको बारेमा ज्ञान होस् भन्ने हेतुले कार्यक्रम सम्पन्न गरेको छ । उक्त देउसी भैलो कार्यक्रममा सेलरोटी,नेपाली अचार समेत बनाई अतिथिहरुलाई खुवाएका छन् ।

अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को अर्को परियोजना अमेरिका नेपाल शिक्षा सदन हो । उक्त विद्यालयमा नेपाली पढाइनुको साथै अतिरिक्त क्रियाकलाप समेत गरिन्छ ।

उक्त पाठशालामा अमेरिकामा जन्मेका बालबालिका तथा नेपाली सिक्न चाहना राख्नेलाई नेपाली पढाइन्छ भने अन्य क्रियाकलाप पनि गराइ राखेको छ । कार्यक्रम नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट सुरु भएको थियो ।

प्रारम्भमा लक्ष्मी पूजा पण्डित डिल्ली राम अधिकारीले गराउनु भएको थियो भने पूजामा कामना पन्थी ,तनुजा पोखरेलले पूजा अर्चना गरेका थिए ।

लक्ष्मी पूजा पछि तिहार आयो गीतमा त्यही पढ्ने बिद्यार्थीहरुले नृत्य प्रस्तुति गरेका थिए । लगत्तै देउसी भैलो कार्यक्रम गर्नुको मुख्य उद्धेश्य बारेमा भूपाल पौडेलले प्रकाश पारेका थिए ।

एकल नृत्य इर्शिता श्रेष्ठ, जोडी नृत्यमा आभानी तथा अनुश्री ,सामूहिक नृत्यमा रिम्भा,सोफिया ,इर्शिता ,अनुष्का ,सारिका ,आहाना लगायत तथा देउसी भैलो गीतमा सम्बोधन ,आभास ,गौरव गौतम लगायतले प्रस्तुत गरेका थिए । यसैगरी एएनएचएस महिला समूहले देउसी भैलो खेलेका थिए भने एएनएचएस पुरुष समुहले परम्परागत देउसी भैलो खेलेका थिए

कार्यक्रम बीचमा बिधालयमा प्रथम हुने बिधार्थीहरुलाई पुरस्कार अध्यक्ष जानु ओझाले वितरण गरेकी थिइन् । अन्त्यमा अध्यक्ष जानु ओझाले सबैलाई धन्यबाद दिएकी थिइन् । उनले नै कार्यक्रमको सभापतित्व समेत गरेकी थिइन् ।

प्रतिक्रिया