अमेरिकामा समृद्ध आर श्रेष्ठले कैद गरेका तिहार विशेषका तस्बिरहरु

इनेप्लिज २०८० कार्तिक २५ गते १२:२८ मा प्रकाशित

नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार आजदेखि शुरु भएको छ । यो चाड बिश्वभर छरिएर रहेका नेपालीहरुले हर्ष उल्लाससाथ मनाई रहेका छन् ।

त्यति मात्र नभई परदेशमा जन्मिएका दोश्रो पुस्तालाई समेत आफ्ना चाड पर्वका बारेमा पहिलो पुस्ताले यसको महत्व र कसरी मनाईने भन्ने बारेमा ज्ञान दिई रहेका छन् ।

अमेरिकामा रहेका नेपालीहरुलाई पनि तिहारले छोपेको छ । गत नोभेम्बर १० का दिन धन्तेरसमा पनि अमेरिकामा रहेका नेपालीहरुले भाँडाकुँडा समेत किनमेल गरे ।

यही मौकामा यम पन्चक सुरु भए पछि अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका दोश्रो पुस्ताका समृद्ध आर श्रेष्ठले केही तिहारका तस्बिरहरु कैद गरेका छन् । उनि उदाउदो फोटोग्राफर (छायाचित्रकार)हुन् । प्रसिद्ध छायाचित्रकार राजिब श्रेष्ठका सुपुत्र समृद्ध श्रेष्ठ विडा थाम्ने जमर्को गर्दै बिभिन्न स्थानमा हुने नेपालीहरुका कार्यक्रममा सहयोग पुर्याउदै आई रहेका छन ।

उनले आफूलाई पेशा राम्रो लाग्ने र सोख समेत भएकोले समय व्यवस्थापन गर्दै आफ्ना चाडपर्व र समुदायका गतिबिधिमा यस्ता तस्बिरहरु कैद गर्न पाउँदा हर्ष लागेको ईनेप्लिजलाई बताए ।

उनले आफूलाई तस्बिरहरु लिन पाउँदा निकै मनोरंजन लाग्ने र यसलाई राम्रो सँग अगाडी लाने जनाए । तिहार बिशेषमा कैद गरिएको तस्बिरमा किशोरी मेरिल्याण्डकी लोचनी तारा शाक्य हुन् ।

तस्बिर फोटो बैंक स्टुडियोले तैयार गरेको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल प्रतिपदासम्म तिहार मनाइन्छ । काग तिहार नेपालमा मनाईएको छ भने अमेरिकामा मनाउने सुरसार गरिदै छ । कागलाई मीठो-मीठो खाना चढाएर काग तिहार मनाइँदैछ ।

वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ ।

प्रतिक्रिया