छन्द कविता वाचिका सरु गुरागाई क्यान्सर मुक्त

इनेप्लिज २०८० कार्तिक २४ गते २३:४४ मा प्रकाशित

लुइभेल, केन्टकी । छन्द कविता वाचिकाको रुपमा ख्याति कमाएकी सरु गुरागाइ क्यान्सर मुक्त भएकी छिन् ।

सरुका पति मुरारी गुरागाइले शुक्रवार सांझ फेसवुकमार्फत सो जानकारी दिएका छन् ।

फेसवुकमा मुरारी गुरागाइले लेखेका छन्, क़रीब एक बर्ष लामो उपचार पछि आज तिमी क्यान्सर मुक्त भएकी छौ। रोग भन्दा यसको उपचार धेरै कठिन रहेछ। आज यो सबै प्रक्रिया पूरा भएको छ। १० दिनको पूर्ण आईसोलेसन समाप्तिसँगै तिमी पूर्ण स्वस्थ भएकी छौ।

उनले अगाडि लेखेका छन्, उपचारका कैयौँ असरहरू यथावत नै भएपनि शरीरमा थाईरोईड क्यान्सरका कुनै पनि अवशेष बाँकी नरहेको जानकारीले हामी हर्षित छौँ। यो सम्पूर्ण उपचारको सिलसिलामा हामी सँगै जोडिनुहुने सबै आदरणीय महानुभावमा हार्दिक आभार। साथै उपचार मा प्रत्यक्ष रूपमा सहभागी डाक्टर तथा नर्सहरूमा हार्दिक धन्यवाद।

कोरोनाकालमा जुममार्फत लाइभमा आएर गीतसंगीत र कवितावाट यो दम्पत्तिले प्रसिद्धि कमाएको थियो । सरुले रामायण लगायत केही धार्मिक ग्रन्थहरुमा समेत आवाज भरेकी छिन् । सरु क्यान्सरवाट पीडित भएपछि शुभचिन्तकहरुले गोफण्डमीमार्फत ६८ हजार डलर सहयोग गरेका थिए ।

मुरारीले अगाडि लेखेको छन्, यहाँहरू सम्पूर्ण दर्शक शुभचिन्तकहरू जसले सदैव प्रार्थना गर्नुभयो यहाँहरू लाई पनि हार्दिक आभार। अब तपाईँहरूले चाहना गर्नुभएको हाम्रो फ़ेसबुक लाईभ कार्यक्रममा आउनेछौँ। केही दिनमा यसको विस्तारमा जानकारी पनि दिनेछौँ। तिहारको सबैमा हार्दिक शुभकामना

प्रतिक्रिया