अमेरिकाको नर्थ क्यारोलाइनामा अमेरिकी नागरिक, डा. बर्बराद्वारा नेपालमा प्रकाशित  पुस्तक “जस्टिस स्टोरिज’’को बिमोचन 

इनेप्लिज २०८० कार्तिक २१ गते १५:०७ मा प्रकाशित

अमेरिका स्थित मारिसभिल सहरमा अमेरिकी नागरिक, डा. बार्बरा निम्री अजिज द्वारा लिखित सांग्रिला प्रकाशन नेपालद्वारा प्रकाशित  पुस्तक “जस्टिस स्टोरिज’’को बिमोचन कार्यक्रम सम्पन्न भयो । 

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका टीन काउन्सिलका सदस्यहरु -आयुग  पौडेल ,सुधांशु निभा कुँवर ,सेजल घिमिरे ,श्रीया कुँवरले पुस्तक  बिमोचन भएको थियो ।

उक्त पुस्तक १३ देखि  १५ बर्षका बालबालिकाहरुका लागि  लक्षित गरि लेखिएको हो । उक्त पुस्तक नेपालका दुई महिला योगमाया र दुर्गा देवी घिमिरेको जिवनमा आधारित छ ।

मारीसभिलका  मेयर टि जे क्रली ,साहित्यकार, अभिभावक , समाजसेवी , बिद्यार्थीहरुको  बाक्लो उपस्थिति बीच सम्पन्न भएको उक्त समारोहमा समाजसेवी इश्वर देवकोटा,बरिस्ठ आख्यानकार डा.नीलम कार्की निहारिका , साहित्यकार डा. ऋषी वस्ताकोटी, एन सी एन सीका अध्यक्ष  राम ‘आर पी’  पौडेल ,साहित्यकार निर्मला राज भण्डारी , डा. हरिहर भट्टराई, डा. भास्कर कुँवर ,डा. सुस्मा प्रधान लगायतले  बर्तमान नेपालको परिपेक्ष्यमा यस्ता बाल  पुस्तकको महत्व,पुस्तकमा बालबालिकाको पहुच ,पुस्तकालय स्थापनामा जोड ,पठन सस्कृतिको विकाशमा गुरु र अभिभावकले खेल्नु पर्ने भूमिका आदि बारेमा प्रकाश पार्नुभएको थियो । 

बिमोचन पछि  लेखक डा. बारबरा निम्री अजिजसंग  अन्तरक्रिया कार्यक्रम रहेको थियो । बालबालिका लगायत अभिभावकहरुले जिज्ञासा राखेका थिए । 

नर्थ क्यारोलाईना नेपाली साहित्य समाजका वर्तमान अध्यक्ष  शिशिर खनालको अध्यक्ष रहेको  उक्त कार्यक्रम  नर्थ क्यारोलाईना  नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलिना च्याप्टर र नेपाल सेन्टर अफ नर्थक्यारोलाईनाको सह आयोजनमा सम्पन्न भएको थियो  ।

प्रतिक्रिया