इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्दीहरूलाई रिहा नगरेसम्म गाजामा युद्धविरामको विचारलाई फेरि एकपटक अस्वीकार गरेका छन् । एबीसी न्यूज “वर्ल्ड न्यूज टुनाइट” का कार्यक्रम प्रस्तोता डेभिड मिइरसँगको एक विशेष अन्तर्वार्तामा युद्ध पछि गाजाको भविष्यलाई पनि सम्बोधन गरे ।
राष्ट्रपति जो बाइडेन र उच्च प्रशासनिक अधिकारीहरूले इजरायललाई लडाईमा अस्थायी “मानवीय” विरामका लागि दबाब दिइरहेका छन् ।
ह्वाइट हाउसका अनुसार बाइडेन र नेतान्याहूले सोमबार यस विषयमा छलफल गरेका थिए यद्यपि कुनै स्पष्ट सहमतिमा नपुगेको एबिसीन्यूजले जनाएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले प्रशासनले पक्षहरूलाई “यो वार्तालापको शुरुवातमा” भएको मानेको बताए । गाजामा हाम्रा बन्धकहरूलाई रिहा नगरी युद्धविराम, सामान्य युद्धविराम हुनेछैन,नेतान्याहुले पत्रकारको जवाफ दिए ।
जहाँ सम्म रणनीतिक साना बिश्राम (पज)हरू छन्, । हामीसँग पहिले त्यो सुबिधा उपलब्ध गराएका छौ । मानवीय सामानहरू आउन वा हाम्रा बन्धकहरू, व्यक्तिगत बन्धकहरूलाई छोड्न सक्षम पार्न परिस्थितिहरू जाँच गर्नेछौं। तर मलाई लाग्दैन कि सामान्य युद्धविराम हुनेछ ,उनले भने ।
मिइरले नेतन्याहूलाई हमासले बन्धकहरूलाई रिहा गर्न सहमत भएमा युद्ध विराम हुन्छ भनि जिज्ञाशा राख्दा “त्यस उद्देश्यका लागि युद्धविराम हुनेछ,” नेतान्याहुले जवाफ दिए। इजरायली अधिकारीहरुका अनुसार आतंकवादी समूहले २४१ जनालाई नियन्त्रणमा लिएको छ ।
हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा महिना लामो द्वन्द्वमा १०,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। त्यो संख्यामा ४,१०४ बालबालिका समावेश छन्। इजरायलमा १,४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र ६,९०० घाइते भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
प्रतिक्रिया