११५ औं देवकोटा जयन्ती तथा अनेसास पुस्तक पुरस्कार बितरण समारोह भर्जिनियामा हुने

इनेप्लिज २०८० कार्तिक २१ गते २:३८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट हरेक दुइ वर्षमा प्रदान गरिने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार यस वर्ष ११५ औं देवकोटा जयन्तीका अवसरमा यही नोभेम्बर १९, २०२३ आइतबारका दिन मनासस भर्जिनियामा आयोजना गरिने अनेसास पुरस्कार समितिका संयोजक तथा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तीर्थराज पाण्डेले जनाएका छन्।

अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्रज्ञा सदस्य बाबा बस्नेत, पुरस्कृत व्यक्तित्वहरु, पुरस्कारदाताहरु, अनेसासका पूर्व अध्यक्षहरु, बोर्ड अफ ट्रष्टी र केन्द्रीय कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरु, आजीवन तथा ट्रष्टी सदस्यहरु, डिसी क्षेत्रमा रहनुहुने आजीवन र ट्रष्टी सदस्यहरु, अनेसास डिसी च्याप्टरका पदाधिकारीहरु, बरिष्ठ साहित्यकारहरु कृष्ण धरावासी, नीलम कार्की निहारिका, डा. कृष्णहरि बराल, पुष्कर लोहनी, संस्कृत विश्वविद्यालयका उपकुलपति यादव लामिछाने, एनआरएन आइसीसीका महासचिव गौरीराज जोशी, एनआरएन अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, एएनएका अध्यक्ष खगेन्द्र अधिकारी, डेलिगेट ह्यारी भण्डारी, महाबाणिज्यदुतहरु प्रेमराजा महत र रिषी ढकाल लगायत अन्य विशिष्ट व्यक्तिहरुको सहभागिता रहने जनाएका छन्।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्धन पूजाले कार्यक्रममा ११५ औं देवकोटा जयन्ती, उत्कृष्ट पुस्तक पुरस्कार, अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार, अनेसास दीर्घ सेवा पदक (Life Time Achievements Award) ) समर्पण गरिने, कृतिहरु विमोचन गरिने, देवकाटो सम्बन्धी लिखित कविताहरु वाचन गरिने तथा अनेसास विगत, वर्तमान र भविष्य सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने जनाएका छन् । यसैगरी महासचिवहरु प्रकाश नेपाल र विमला निरौलाले कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जनाएका छन्।

कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न कार्यक्रममा अमेरिकाका अन्य राज्यहरु तथा विदेशबाट सहभागी हुनुहुने सहभागीहरुको स्वागत, व्यवस्थापन तथा अन्य तयारीका कार्यहरु भइरहेको अनेसास डिसी च्याप्टरका उपाध्यक्ष कविन्द्र सिटौला र महासचिव निलकण्ठ सुवेदीले जनाएका छन्।

प्रतिक्रिया