अध्यावधिक गरिएको : इजरायली अधिकारीहरुका अनुसार अक्टोबर ७ यता इजरायलमा कम्तिमा १,४०० जनाको मृत्यु भएको छ भने ४,६२९ जना घाइते भएका छन् ।
यसै गरि हमासद्वारा संचालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार ९,७७० जनाको मारिएका छन भने २४,८०८ जना घाइते भएको एबिसीन्यूजले समाचार लेखेको छ । इजरायलका अनुसार युद्ध दोस्रो चरणमा प्रवेश गरेको र ३० औं दिन पुगेको छ ।
सहायता कार्यकर्ता र अधिकारीहरूले गाजाको उत्तरी भाग खाली गर्न इजरायलको आह्वानले मानवीय प्रकोप निम्त्याएको छ । जमीनी आक्रमणको तयारीमा बिजुली र अन्य आपूर्तिहरू पुन काटिएको छ।
मानवीय समूहहरूले इजरायललाई निकासी बन्द गर्न र युद्धविराममा सहमत हुन आग्रह गरेका छन् । यद्यपि इजरायलले आफ्नो रक्षा गर्ने अधिकार दाबी गरेको छ ।
प्रतिक्रिया