जाजरकोटमा १०५ जनाको मृत्यु मध्ये ९२ जनाको सनाखत

इनेप्लिज २०८० कार्तिक १९ गते ११:३५ मा प्रकाशित

जाजरकोटमा भूकम्पका कारण १०५ जनाको मृत्यु भएका मध्ये ९२ जनाको सनाखत भएको छ । सनाखत गरिएका मध्ये ६८ जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ ।

रामिडाडाँ केन्द्रबिन्दु भएर गएको भूकम्पकाका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन् । भूकम्पमा परि हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । एघार जिल्लाहरू क्रमशः जाजरकोट, रोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान,नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान भूकम्पबाट प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार केन्द्रबिन्दु जाजरकोटमा मात्रै १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । आज १२ बजेसम्मको अवस्था अनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् । भूकम्पले ९ सय ३२ घरमा पूर्ण क्षति र २ हजार ८ सय ३८ वटा घरमा आंशिक क्षति भएको छ ।

प्रतिक्रिया