अनेसास दीर्घसेवा पदक (Life time Achievement Award_) भीम रेग्मीलाई प्रदान गरिने

इनेप्लिज २०८० कार्तिक १५ गते ६:३२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट हरेक दुइ वर्षमा प्रदान गरिने अनेसास दीर्घसेवा पदक यस वर्ष अनेसासका पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका पूर्व उपाध्यक्ष भीम रेग्मीलाई प्रदान गरिने भएको छ । उक्त निर्णय अनेसास बोर्ड अफ ट्रष्टीको हालै सम्पन्न बैठकमा गरिएको हो ।

बोर्ड अफ ट्रष्टीको बेैठकबाट उक्त पदक प्रदान गर्न उपयुक्त व्यक्ति छनौटका लागि बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा, केन्द्रीय अध्यक्ष गोबर्धन पूजा, पुरस्कार समितिका संयोजक तीर्थराज पाण्डेय, बोर्ड अफ ट्रष्टीका महासचिव प्रकाश नेपाल र केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौलासमेतको छनौट समिति गठन गरिएको थियो । उक्त समितिको सिफारिशमा भीम रेग्मीलाई यस वर्ष अनेसास दीर्घसेवा पदक (Life time Achievement Award) प्रदान गरिने निर्णय गरिएको हो । अनेसासका संस्थापक सदस्य तथा अनेसास विधान मस्यौदा समितिका सल्लाहकार श्री रेग्मीले सन् २००१–२००२ मा केन्द्रीय अध्यक्ष, १९९६ देखि २०१३ सम्म बोर्ड अफ ट्रष्टीको उपाध्यक्ष, पुरस्कार समितिका उपसभापति, अनुशासन समितिको सदस्य तथा विभिन्न जिम्मेवारीका साथ अनेसासको स्थापना कालदेखि निरन्तर योगदान गर्दै आउनु भएको छ ।

यस अघि उक्त पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्ष डा. श्याम कार्की, पूर्व अध्यक्ष मोहन सिटौला, बोर्ड अफ ट्रष्टीका पूर्व उपाध्यक्ष रोहिणी शर्मा, पुरस्कार समितिका पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका पूर्व उपाध्यक्ष सुमन तिम्सिनालाई प्रदान गरिएको थियो ।

उक्त पुरस्कार अनेसासको आयोजनामा भर्जिनियामा हुने ११५ औं देवकोटा जयन्ती तथा पुरस्कार समर्पण समारोहमा प्रदान गरिने छ ।

प्रतिक्रिया