अमेरिकाको फ्लोरिडा राज्यको एक सडकमा आयोजना भएको हलोविन उत्सवमा न्दुकधारीले चलाउँदा २ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । उक्त घटना फ्लोरिडाको ट्याम्पामा भएको सिबिएसन्यूजले जनाएको छ ।
हलोविन उत्सवको समयमा गोली चलाउँदा ट्याम्पामा दुई समूहहरू बीचको झगडा घातक हुन् पुग्यो । आइतबार बिहान दुई जनाको मृत्यु भयो र १८ जनालाई अस्पताल भर्ना गरिएको प्रहरीले बताए ।
अधिकारीहरूले इबोर शहर क्षेत्रमा बिहान ३ बजे भन्दा पहिले टयाम्पामा गोली चले पछि प्रहरीहरु त्यहा पुगेको टयाम्पाका प्रहरी प्रमुख ली बर्काउले घटनास्थलमा पत्रकार सम्मेलनमा भने।
यो झगडा धेरै मधुशाला र क्लबहरू भएको क्षेत्रमा भएको थियो । त्यसबेला क्षेत्रमा राती उत्सव मनाउनेहरूको ठूलो संख्या थियो, बर्काउले भने। झगडामा संलग्न व्यक्तिहरू गोली हानाहान हुनुअघि कुनै मधुशाला (बार)भित्र थिए वा थिएनन् भन्नेबारे प्रहरीले अहिले सम्म पक्का गरेको छैन भनि सिबिएसन्यूजको समाचारमा उल्लेख छ ।
सामाजिक संजालमा प्रकाशन गरिएका तस्बिरहरु र अङ्कियदृश्य (भिडियो)देख्दा हलोवीन पोशाकमा मानिसहरूले सडकमा पिउँदै र कुरा गरिरहेको देखाईएको छ । कोही लुकेको देखिन्छ भने घटनापछिको अङ्कियदृश्य (भिडियो)मा प्रहरी अधिकारीहरूले जमिनमा घाइते भएका कैयौं व्यक्तिहरूको उपचार गरिरहेको देखाइएको छ।
यो अशान्ति दुई समूह बीचको झगडा थियो। दुई समूह बीचको यो लडाईमा हामीले सयौं निर्दोष मानिसहरूलाई संलग्न गरेका थियौं जो बाटोमा थिए,” बर्काउले भने।
उनले क्षेत्रीय अस्पतालमा ल्याइएका घाइतेहरुको विवरण भने खुलाएनन् । दुई समूहबीच झडपको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोलीबारीको समयमा अधिकारीहरू घटनास्थलमा थिए तर कोही पनि घाइते नभएको उनले बताए ।
प्रतिक्रिया