राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार हार्भर्ड तथा अन्य अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको शिक्षामा उनीहरूको देशहरूले “केही पनि योगदान नगरेको” भन्दै कडा आलोचना गरेका छन्।
यो टिप्पणी हार्भर्ड र ट्रम्प प्रशासनबीचको विवादको बीचमा आएको हो, ट्रम्पले विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार हटाउने प्रयास गरेका छन्।
“हार्भर्डले किन भन्दैन् कि उनीहरूका झण्डै ३१% विद्यार्थी विदेशी हुन्, र ती देशहरूले, जुनमध्ये केही अमेरिका–मैत्रीसमेत छैनन्, उनीहरूको शिक्षामा केही पनि तिर्दैनन्, तिर्ने नियत पनि छैन,” राष्ट्रपति ट्रम्पले आइतबार बिहान आफ्नो सामाजिक सॅजाल ट्रुथ सोसलमा लेखे।
“हामी जान्न चाहन्छौं ती विदेशी विद्यार्थीहरू को हुन् — त्यो उचित माग हो, किनभने हामीले हार्भर्डलाई विलियन डलर दिएका छौं। तर हार्भर्डले पारदर्शिता देखाएको छैन,” उनले थपे। “हामी ती विद्यार्थीका नाम र उनीहरूको देश जान्न चाहन्छौं। हार्भर्डसँग ५२ मिलियन डलर छ — त्यो प्रयोग गर, र संघीय सरकारसँग अनुदान माग्न बन्द गर।”
गत शुक्रबार संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई हार्भर्डको विदेशी विद्यार्थी प्रवेशाज्ञा(भिसा )कार्यक्रम रद्द गर्न अस्थायी रूपमा रोक लगाएका थिए।
हार्भर्डले अदालतमा दाबी गर्दै उक्त नीति ७,००० भन्दा बढी विद्यार्थीहरू अर्थात् करिब एक चौथाइ विद्यार्थी संख्यामा असर पार्ने र यो पहिलो संशोधन न्यायिक प्रक्रिया तथा प्रशासनिक कानूनको स्पष्ट उल्लङ्घन भनेको छ ।
प्रतिक्रिया