इजरायलद्वारा इलन मस्कले गाजामा भू-उपग्रह (स्याटेलाइट )सेवा उपलब्ध गराउने बिरुद्ध लड्ने वाचा

इनेप्लिज २०८० कार्तिक ११ गते २१:५७ मा प्रकाशित

गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरे पछि गाजामा इजरायलले व्यापक आक्रमण संचालन गर्दा गाजामा अन्तर्जालबिहिन भएको अवस्थामा इलन मस्कले गाजामा भू-उपग्रह (स्याटेलाइट )सेवा उपलब्ध गराउने भए पछि इजरायलले प्रतिक्रिया दिएको छ ।

इजरायलले स्याटेलाइट (भू-उपग्रह )सेवा उपलब्ध गराउने भए पछि यस बिरुद्ध लड्ने बताएको छ । घेरामा परेको गाजा भूभागमा अन्तर्जाल ( इन्टरनेट) जडानसँग संघर्ष गरिरहेको बेला इलनले सहायता गर्ने भने पछि इजरायलले त्यस्तो टिप्पणी गरेको छ ।

इजरायलका सञ्चार मन्त्री स्लोमो कार्हीले सामाजिक संजाल एक्समा हमासले यसलाई “आतंकवादी गतिविधिका लागि प्रयोग गर्नेछ” भनि आफ्नो टिप्पणी गरेका छन् ।

न्यूयोर्ककी युवा सशक्त अमेरिकी डेमोक्र्याटिक दलकी सांसद अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले “२.२ मिलियन (अर्थात् २२ लाख )जनसंख्यामा सबै सञ्चार बन्द गर्नु अस्वीकार्य छ” भने पछि मस्कले आफ्नो स्वामित्वमा रहेको एक्समा घोषणा गरेका छन् ।

इलन मस्कको “स्टारलिङ्कले गाजामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सहायता संस्थाहरूलाई जडानलाई समर्थन गर्नेछ,” मस्कले ओकासियो-कोर्टेजलाई जवाफ दिएका थिए । अर्को एक्स (X) खातालाई जवाफ दिँदै अर्को प्रकाशन (पोस्ट)मा, मस्कले “गाजाका कुनै पनि केन्द्र (टर्मिनल)हरूले हाम्रो नक्षत्रसँग सञ्चार गर्ने प्रयास गरेका छैनन्।”

इजरायलले गाजा क्षेत्रमा आफ्नो हवाई र स्थल हमलालाई तिब्रता दिँदा गाजा भुभागमा सञ्चारमा गम्भीर अवरोध भएको छ। सहायता समूहहरूका अनुसार तिनीहरू यस क्षेत्रका टोलीहरूसँग कुराकानी गर्न असमर्थ भएको बताएका छन् ।

यसअघि, विश्व स्वास्थ्य संगठनले गाजामा आफ्ना कर्मचारीहरूसँग “सम्पर्क बाहिर” रहेको बताएको थियो । र प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र राहत कार्य सँस्थाका आयुक्तले शनिबार कर्मचारीहरूलाई उनीहरुको बारेमा अन्धकार रहेको अवस्थामा अत्यन्तै चिन्तित रहेको बताएका थिए ।

प्रतिक्रिया