अमेरिकाको मेन राज्यमा गोलीकाण्ड गर्ने बन्दुकधारीले आत्महत्या गर्नु अघि बैंक खाताका गोप्य शब्द ((पासकोड)आदी छोडेको प्रहरीले फेला पारेको बताएका छन् ।
मृतक संदिग्ध रोबर्ट कार्डको निवासमा प्रियजन(आफ्नी पत्नी )को लागि एउटा टिप्पणी फेला पारिएको प्रहरीले जानकारी दिए । जसमा उनले आफ्नो घुम्ती (फोन )को गोप्य शब्द (पासकोड)हरू, बैंक खाता संख्या (नम्बर)हरू र थप कुराहरू छोडेका थिए।
अन्वेषकहरूले पक्राउ पूर्जी मार्फत उनको व्यक्तिगत घुम्ती संचार थान (फोन) र बैंकको जानकारी पहुँच गर्न काम गरिरहेको सिएनएनले समाचार लेखेको छ ।
उनका परिवारले निकै सहयोग गरेको प्रहरीले बताए । आज बिहानको पत्रकार सम्मेलनमा सार्वजनिक सुरक्षा मेन राज्यका आयुक्त माइकल सचकले दुई पटक मेन रिसाइक्लिंग कर्पोरेशन खाली गरेको जनाउदै जहाँ संदिग्धको शव फेला परेको घोषणा गरेका थिए ।
रोबर्ट कार्डको शव आत्म-घाती बन्दुकको गोली लागेको अवस्थामा गाडीमा फेला परेको थियो । रोबर्ट कार्ड रिसाइक्लिंग कर्पोरेसन सँस्थामा लगभग एक वर्षको लागि व्यावसायिक चालकको रूपमा काम गरेका थिए ।
गत वसन्तमा स्वेच्छाले छोडेका थिए । कार्डको गाडीमा भेटिएको बन्दुक “लामो बन्दुक” थियो भनि प्रहरीले विवरण दिएका छन् ।
प्रतिक्रिया