अभिनेत्री मनिषा कोइरालालाई बेलायती संसदमा सम्मान

इनेप्लिज २०८० कार्तिक ११ गते १९:४७ मा प्रकाशित

लन्डन – बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसद्मा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ। बलिउड र दक्षिण भारतका सिनेमा उद्योगमा बितेका तीन दशकमा गरेको उल्लेख्य योगदानका लागि अभिनेत्री कोइरालालाई शुक्रबार साँझ सम्मान गरिएको हो।

सम्मानका क्रममा सामाजिक क्षेत्रमा कोइरालाको सक्रियताको प्रशंसा गरिएको थियो। बेलायती संसदको तल्लो सदन, हाउस अफ कमन्स, का सदस्य इमरान हुसैनले कोइरालालाई निमन्त्रणा गरेका थिए।

बेलायती संसदमा आयोजित उक्त कार्यक्रममा एसियन स्ट्यान्डर्ड पत्रिकाकी प्रधान सम्पादक फातिमा पटेलसमेत आयोजक रहेको उक्त विशेष संसदीय रिसेप्सनमा कोइरालालाई सम्मान गरिएको हो।

(तस्बिर सौजन्य: हनी रौनियार सुद)

प्रतिक्रिया