काठमाडाैँ,
हिन्दुहरूकाे महान पर्व बडा दशैँकाे अवसरमा टुक्का साहित्य समाजकाे आयाेजना २०८० कार्तिक ३ गते बडा दशैँ विशेष टुक्का कविता लेखन श्रृङ्खला ९८ सम्पन्न भएकाे छ ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न स्थानबाट १३६ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले हिन्दुहरूकाे महान पर्व बडा दशैँ सम्बन्धि तथा शुभकामना सम्बन्धी सुन्दर टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।
टुक्का साहित्य समाजले चाडपर्व तथा विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै बडा दशैँ २०८० काे अवसरमा संसारभरि रहनु भएका टुक्काकारहरू, साहित्य सर्जक तथा पाठकहरू लगायत सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
[१]
खुसी र शुभकामना साटेर मनाओैँ
महान् चाड याे बडा दशैँ भव्य बनाओैँ । ताराप्रसाद चापागाईँ
धुनिबेसी
[२]
जता हेर्यो उतै अशान्ति देखिन्छ
मान्छेलाई मोल मोलाई बेचिन्छ। डा.देवी पन्थी
बिराटनगर
[३]
घरमा ठुलाे चाड दशैँ आयाे
छाेराले नयाँ कपडा लगायाे । अरुणबहादुर खत्री ‘नदी’
काठमाडाैँ
[४]
नगरौँ देखासिकी गच्छे अनुसार मनाऔँ पर्व,
दु:ख पीडा ग्लानी केही नहोस् दसैँ मान्दा होओस् गर्व। वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[५]
बड़ा दशैँको रमझमले हाँसेको छ कतिको मन ,
रिस राग ईर्ष्या फालेर देखाउँ सबैले आफ्नोपन । राजेन्द्र प्रधान ‘पासा’
दार्जिलिङ
[६]
दशैँमा टीका जमराको महत्व धेरै हुन्छ
बुबाआमा नहुँदा आशीर्वादले मन छुन्छ। अम्बिका अधिकारी
झापा बिर्तामोड
[७]
सयपत्रीले बोकेको छ सन्देश, सयौँ पत्रहरू मिली बन्छ एक फूल
पारिवारिक प्रेमले झलमल्ल बनोस् याे देश, बिर्सेर सानातिना भूल । रचना शर्मा प्रतीक्षा
ललितपुर
[८]
सुख शान्ति र समृद्धिको कामना सबै आफन्त जनमा
मनका हर दुःख पिडा हटि जाओस् खुसी छाओस् मनमा। पुष्पा राई
बादेल, खाेटाङ
[९]
दसैँमा मङ्गल नै मङ्गल होस् सबैतिर,
कसैलाई पनि नपरोस् है दुःख र पीर । भगवती दवाडी
झापा
[१०]
मितव्ययिपन खर्चमा अपनाएर गरौँ
ऋणले होइन पर्व हर्ष उल्लासले भरौँ। जमुना आचार्य
सिन्धुपाल्चोक
[११]
पुर्खले दिएकाे संस्कार संस्कृति दशैँ हाे हाम्राे निधि ,
अन्याय अत्याचार विरूद्ध लड्न उत्साह भर्ने विधि । प्रद्युम्न चालिसे
भक्तपुर
[१२]
आमा हजूर हुँदा भरिलो थियो यो घर,
मेला पर्व आउँदा हुन्थ्यो उज्यालो अधर। सुरेशकुमार पाण्डे
दाङ १८
[१३]
दशैँको रौनक घरघरमा आयो,
सम्पूर्ण जनको मनमा खुसी छायो । शोभा आचार्य गौतम
काठमाडौँ
[१४]
दसैँ आयो हर्षोल्लास बोकेर,
नजाओस् थाप्लोमा ऋण झोसेर । म्यामराज राई
भोजपुर
[१५]
विजया दशमीकाे आगमनले जागुन खुसीको भावना
सुख शान्ति र समृद्धिकाे लागि छ सबैलाई शुभकामना । राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[१६]
विदेशमा छ युद्ध आगो नबस छुटेर
दसैँको पर्व मनाऔँ आऊ सम्पूर्ण जुटेर। रामशरण न्यौपाने
भक्तपुर
[१७]
वर्ष दिनको चाड आयो, खुसियाली छायो
परदेशीले विरहको गीत मात्रै गायो । राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौँ
[१८]
महान् पर्व दसैँ अनि तिहार,
हिन्दुको संस्कार छ यो अपार। होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[१९]
हजुर विना हरेक चाडपर्वहरू लाग्छ फिक्का,
कति बगाउनु प्यारा हरेक वर्ष आँसुकाे ढिक्का। सहयात्री शाेभा अर्याल
बुटवल, रुपन्देही
[२०]
आओस् यो वर्ष पनि दसैँ सँगै सबै घर दैलामा खुसी
केही कुराकाे अभाव नरहोस् सबैको भण्डार होस् झुसी। पवन कुमार बुढाथेाकी
काठमाडौँ
[२१]
सबै नेपालीहरूले पर्वमा रमाई बाँच्ने
गई मान्यजनकाे आशिर्वाद लिएर साँच्ने । रामप्रसाद पुरी
वादेल, खाेटाङ
[२२]
भाँडभैलो भयो है हजुर दशैं तिहार पर्व,
गरिरहे नाफाखोर जत्था कमाउनुमै गर्व । कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२३]
आयो दशैँ खुशी लिएर
जान्छ कित ? दु:ख दिएर । भेष कुमारी लामिछाने
देवदह ०५, खैरेनी, रुपन्देही ।
[२४]
किन आउछ दशँ पनि फर्की हरेक वर्ष,
गरिबका घरमा हुन्न कहिलै पनि हर्ष। नवशिला
बेलबारी- २, लालभित्ती,मोरङ।
[२५]
फक्रेको फूल ओइलायो घरमा रगत छानेर
घर सम्झ प्यारा फर्कौला छिटै चाडपर्व मानेर । बाबुराम गौतम
गुल्मी
[२६]
दशैँले सबैमा खुसी ल्याओस् , कसैलाई दशा नबनाेस्
अग्रजकाे आशिष् पाई भविष्यकाे सुन्दर बाटो खनाेस्। मित्र उराठी गाैतम
अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही
[२७]
बड़ा दशैँको खुशी यहाँ आयो
सबैको मनमा आनन्द छायो। नीमा छिरिङ भोटिया
जलढाका, कालेबुङ
[२८]
जसको परिवार काेही विदेशमा हुन्छ
चाडपर्व आउँदामा सम्झेर मन रुन्छ। सुशीला शिखा
काठमाडौंँ, कागेश्वरी
[२९]
दशैँ हाम्रो सदा सर्वदा महान् रहाेस् पर्व,
रहेसम्म धरातल याे बढ्दै जाओस् गर्व । त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[३०]
डाँडैको वरको चौतारीमा लिङ्गे पिङ पनि बाटौँला
परिवार सबै जम्काभेट भएर सद्भाव साटौँला । सरिता सेढाई
धादिङ
[३१]
टीका अनि जमराकाे केही महत्व हाेला ?
हाँसाे खुशी र उमङ्गले बित्न सकाेस् चाेला । जी.वि.चिन्तन
दाङ
[३२]
दशैँ आयो भन्छन् सबै तिहार आयो भन्छन्
निधारभरि रातो टीका र दक्षिणा गन्छन् । जेबी खत्री
इटहरी
[३३]
नवदुर्गा भवानीले सबैमा सद्बुद्धि दिलाऊन्,
विश्वभर हिँसाकाे बली छाेडि प्रेमले सिलाऊन् । निरज कोइराला
बेलका १ उदयपुर, हालः इटहरी
[३४]
दसैँ तिहारमा मनमा हर्ष उमङ्ग छाओस्
सम्पूर्ण जनमनहरूले सुख शान्ति पाओस् । केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम, हाल भारतबाट ।
[३५]
हुने खाने हुँदा खाने सबलाई दसैँ छाओस्
थोरै खुशी जन जनमा थप्नेगरि आओस् । सागर आँसु
के.आई.सिंह ६ -डोटी
[३६]
संसारभरि नै फैलिरहोस् सदा सर्वदा सद्भावना
विजया दशमी दुई हजार असीको शुभकामना । गुणनिधि घिमिरे
अमेरिका
[३७]
महङ्गीको मारमा थिचिएर दशैँ मनाउँदा पनि
खुसी हुनु बाध्य छाैँ हामी सत्यकाे विजय भयाे भनी। रश्मि रिमाल
झापा
[३८]
दशैॅको बेलामा इष्टमित्र भएर भेला
गाउॅ घरमा राख्छन् अति रमाइलो मेला। नीता गुरूंग भाटिया
असम, भारत।
[३९]
भवानीको आशिर्वाद पाएर खुसी हुनु
समृद्धि र सफलताले शिखरमा छुनु। मन्दिरा सेढाई
मलेखु,धादिङ
[४०]
महान् चाड दशैँ अब घर घरमा आएको
जन जनको मनमा छ हर्ष खुसी छाएको। रुपा गौतम
बारा, निजगढ
[४१]
संस्कार र परम्परा मान्नु पर्छ,
चाडपर्वले भएका पीडा हर्छ। सुशीला पाैडेल
अर्घाखाँची, हाल काठमाडाैँ
[४२]
समय बितेको पत्तै भएन, दशैँ घर छेउमै आएछ
तल्लाघरे साइलोले दशैँलाई भनि खसी किनि ल्याएछ। कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४३]
सबैको मन खुसी तुल्याउँने गर्छ यो दसैँ
नसोची खर्च गर्दा पछि हिड्नु नपरोस् बसैँ। अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः अमेरिका, बोस्टन।
[४४]
आफ्नो गोजीमा दाम भए पो दशैँ हुन्छ दशैँ जस्तो,
रित्तो गोजी भएपछि हुदो रहेछ यो कस्तो कस्तो। चिरञ्जीवी ढकाल
नेपालगन्ज- २० बाँके
[४५]
बितेर साल आइपुग्यो फेरि याे महान् चाड
मिलिजुली रमाउँदै आपसमा खुशी बाँड। अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[४६]
दुई हजार असी सालको विजया दशमीको शुभकामना
सबै सबैमा शान्ति सुख समृद्धि ल्याओस् यहीं छ शुभ भावना। सरस्वती श्रेष्ठ
इटहरी
[४७]
बिछोड नहोस् कसैको, मिलन होस् दशैँमा
स्नेहलाई ठाउँ मिलोस् , दुरी नहोस् कसैमा । नागेन्द्रप्रसाद यादव
दाङ
[४८]
जताततै रमाइलो छ दशैँ अाएर हाेला
जान्छ नै सबैलाई ऋणको बाेकाएर झाेला। प्रेम कला चापागाईं ( सिटौला )
मेचीनगर १२ सहरेडागी झापा
[४९]
ओैकात अनुसार मनाउँ चाड भड्किलाे नगराैँ
मान्यजनबाट आशिष् थाप्दै सबैले सद्भाव भराैँ । एस वि प्रगति
प्यूठान
[५०]
मनमा सधैँ खुसी हर्ष र उमङ्ग छाओस् नराखाँ द्वेष भावना
विजया दशमी दुई हजार असीकाे सबैलाई शुभकामना। भवानी पाेखरेल( बाबू विराज)
बाणगङ्गा १ चार नम्बर
कपिलवस्तु
[५१]
दसैँ आउँदा परदेशीलाई सम्झी मन रुन्छ,
आफू मात्रै घरदेशमा सम्झेर औडाह हुन्छ। गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
[५२]
दशैँ आयाे गाउँघर घमाइलो
टीका जमरा लाउँदा रमाइलो । रितु बुढाथोकी
उदयपुर, गाइघाट
[५३]
नेपाली मात्रको चाड यो वडा दशैँ मानौ हर्षोल्लासले
शक्ति प्राप्त होस् सबैकाे घरमा दुर्गे भवानीको बासले । चिरञ्जीवी श्रेष्ठ
धनकुटा ।
[५४]
हर्षका साथ मनाउनु दशैँ, झेल्नु नपरोस् कसैले दुख ,
सदा सर्वदा छाइरहोस् सबैलाई खुसियाली अनि सुख । बुद्धिमान दनुवार(सुरुङ्गेली कान्छो )
कनकाई ४, झापा
[५५]
सद्भावको चाड यो दशैँ आयो
हर्ष र उल्लास मनमा छायो । इन्दिरा देवकोटा
कपिलवस्तु न पा ३
[५६]
भुल्नुहुन्न है दशैँ तिहार पसौँ घर गाउँमा
आसिक लिदै मान्यजनको बसौँ एकै ठाउँमा । समुद्र
जल्जला ७, गण्डकी
[५७]
नवरात्रि पछि बडा दशैँ आयो
दुःख पिडा भुलाउने रङ्ग छायो। कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[५८]
हार्दिक शुभकामना छ विजया दशमीको
सबैको होस् , शिरमा जमरा निधारमा टिको। पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[५९]
असत्यमाथि सत्यको न्याय अन्याय खातिर
विजयी लक्ष्यले आयो दशैँ लाै नमान्नु पिर । रामजी लामिछाने
पोखरा ।
[६०]
विजया दशमीको हार्दिक शुभकामना
माताले पुरा गरुन् सबैको मनोकामना। बिके मुखिया
दार्जीलिङ, भारत।
[६१]
माहोल यही दसैँको हर्ष थप्ने होस् भन्ने भावना
सादा जीवन उच्च विचारका लागि शुभकामना। प्रेम थापा “मन”
बागलुङ
[६२]
बडा दशैँमा हर्ष उल्लास छ सबैतिर
आशिर्वाद लिउँ दिउँ हटाेस् तनाव पिर। कमला देवकोटा
पाल्पा
[६३]
सबै पीर बिर्साउने बडा दशैेँ आयाे,
परिवारजनकाे मनमा खुशी छायाे । गोपाल कृष्ण डंगोल
इटहरी, प्रदेश १
[६४]
आउछ दशैँ गाउँ घर हँसाइ,
जान्छ दशैँ कठै, ऋणमा फसाइ । विवश पारदर्शी
झापा
[६५]
दशैँका नाममा भित्रिने विकृति, निरुत्साहन गरौँ
पिङ खेल्दै दशैँमा, साथीसङ्गी बिच आत्मियता छरौँ। सुमिना तिमल्सिना
भक्तपुर
[६६]
मनाउनु पर्छ बडा दशैँ पिङ खेलेर
सानातिना समस्यासँग खुसिले झेलेर। पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३, काभ्रे
[६७]
टुक्कामा वर्णन गरौँ रसिला भावना
सम्पूर्णमा यो दशैँको छ शुभकामना। अमृता रामदाम
भरतपुर, चितवन
[६८]
दशैँ आयाे दशैँ भन्दा हल्ला धेरै आयाे
रमाउने युवालाई विदेश पठायाे । शम्भु गजुरेल
सिन्धुली
[६९]
ठुलाबडाको हातबाट टीका लाइन्छ
अग्रजव्यक्तीबाट आशीर्वाद पाइन्छ । रिता खराल
रूपन्देही
[७०]
दशैँ आयो घर घरमा खसी बाेका काट्ने
पिङ खेली एकापसमा खुसियाली साट्ने । ध्रुव श्रेष्ठ
खोटाङ वजार, हाल काठमाडौँ ।
[७१]
खुसी उमङ्ग बोकेर सबैको घरमा आओस्
कसैलाई पनि यो दसैँ दशा जस्तो नलाओस्। हिमा आर.सी
मेहेलकुना सुर्खेत
[७२]
छरछिमेकमा गरौँ ऐँचो पैँचो सहयोगी भावना
दिँदैछु सबैलाई विजया दशमीको शुभकामना। दुर्गा आचार्य
मोरङ
[७३]
नेपाली जन खुसीको लागि गर्नुछ सामना,
विजया दसैँ मनाऔँ सबै छ शुभ कामना । आर्त अकुलीन
कैलाली
[७४]
दुर्गाले देउन शक्ति हामीलाई गर्न सामना
सम्पूर्णलाई मैले दिन्छु दसैँको शुभकामना। शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
[७५]
बडादशैँ ! नपिरोस् कसैलाई,
खुशी मानौँ है साँच्चै यसैलाई। मनोहरी पौडेल
गैडाकोट १
[७६]
टीका र जमरा लगाउँदा राम्रो
सबै भन्दा ठुलो पर्व दशैँ हाम्रो । सञ्जना शर्मा
दाङ
[७७]
घरमा उमङ्ग नै छाओस् खुसीले पनि छाओस् हर्ष,
दशैँ सबै नेपालीहरुको सुखद बनोस् यो वर्ष । विक्रम तिरुवा सलिन
जुम्ला
[७८]
महत्व टीका ,जमरा र आसिकको हो दशैँ पर्वको
भराउ मनमा सन्तोषले सोचौँ आफूलाई गर्वको। सुस्मिता अधिकारी
काठमाडौँ
[७९]
दसैँको रमझम नेपालीको घरमा सुनामले आउने,
रातो टिका जमरा लगाई दिर्घायुको आशिर्वाद पाउने। अच्युत घिमिरे
सर्पाङ, भुटान
[८०]
एकापसमा मिलिजुली बस्ने रम्ने बनोस् भावना
बडा दशैँ असी सालको सम्पूर्णमा शुभकामना। प्रदीप के रिमाल
इटहरी सुनसरी।
[८१]
आधुनिक दशैँ विकृतिको सन्देश
निहालेर हेर्नुस् त आफ्नै परिवेश। बि.कुलुङ “रंगबुले”
भारत, दार्जिलिङ
[८२]
नौदुर्गा भवानीले हामी सबेैको कल्याण गरुन्
कुकर्मले भरिएकाहरू प्रति सत्बुद्धि भरुन् । रिना सापकाेटा
बारा
[८३]
असल कर्म, धर्म, सस्कृति, संस्कारलाई पछ्याउँ
आफ्नाे गच्छेमा हिन्दु नेपालीकाे चाड दशैँ मनाउँ। रमा देवि बानिया
कटुन्जे, भक्तपुर ।
[८४]
दसैँ आयाे केही दिनमा लगाउने हाे टीका,
याे मन किन भइरहन्छ निरास र फिका। कल्पना भण्डारी
सिन्धुपाल्चोक हाल काठमाडौँ
[८५]
वर्ष दिनमा घुमेर आयो हाम्रो महान चाड
रमाउदै आपसमा खुसी र सद्भाभाव बाँड। दुर्गा भट्टराई
मोरङ
[८६]
तरेर गएपछि सात समुन्द्र पार,
परदेशीलाई के काे दसैँ के तिहार? भुपेन्द्र राना मगर
धादिङ
[८७]
धनीलाई दिनकै दशैँ तिहार खान्छन् मासु
म अभागी परदेशमा सधैँ पिउछु आँसु। प्रेम सुनार
दैलेख
[८८]
धनीलाई दशैँ आयो गरिबलाई चाहीँ दशा
बालबच्चालाई चढ्छ मिठो खाने लाउने नसा। हीरा लामिछाने
पोखरा ।
[८९]
सबैकाे घरघरमा दशेँ आयाे
मनभित्र हर्ष र उल्लास छायाे। सम्झना थापा मगर
स्याङ्जा
[९०]
सबको घरमा हुनेछ खुसी हराभरा
लगाउने होला दशैँमा टीका र जमरा। रत्ना पुन मगर
रुकुम पश्चिम्
[९१]
दशैँमा अचेल पिङ देख्न मुस्किल भयाे
कृत्रिम छ सबै राैनकता हराई गयाे । शारदा चौलागाईं ‘चन्द्रा’
काठमाडौँ
[९२]
भड्किलो नहाेस् दशैँ हाम्रो उच्च हाेस् मनाेभावना
खुसीमा बिताेस् जीवन सबलाई शुभकामना। इन्दिरा प्रयास
सानाेठिमी, भक्तपुर
[९३]
उन्नति प्रगति अनि सुस्वास्थको चाहना
सम्पूर्णमा दशैँकाे हार्दिक शुभकामना । तारा घिमिरे
सङ्खुवासभा
[९४]
हर्षोल्लासमय दशैँ नजिकियो, नेपाली जनको घर
जगेर्ना रीतिको रहोस् युगयुग, मरी लानु के पो छ र ? यामनाथ आचार्य
पर्वत
[९५]
घर आँगन सजाउँदै बडा दशैँ आयो
सबैतिर हर्ष, खुसी र उमङ्गले छायो। आर के भण्डारी
बझाङ
[९६]
रक्षा गर दुर्गामाता, देशमा शान्ति आओस्
यो दशैँमा नेपालीको मनमा हर्ष छाओस् । सावित्री अधिकारी
काठमाडौँ
[९७]
हुने खानेले बड़ा दशैँ भन्छन्
हुँदा खानेले दुःख पीर गन्छन्। दीपक ठटाल जलन
खरसाङ।
[९८]
ठुलाबडाको आशीर्वाद लिँदै टीका थापिन्छ
विरोध गर डलरे गर्दैमा के पो नापिन्छ। गणेश नेपाली
बगनासकाली-१, बगनास,पाल्पा।
[९९]
यस्तै त आमा परदेशी जिन्दगी छाेरा सम्झि नरुनु
आँखाका आँसु एकान्तमा गएर ती परेली नधुनु । दीपा शाही रावत
कैलाली
[१००]
बडा दसैँले सबैको घर घरमा शान्ती छाओस्
शुभकामना छ सबैको तनमा उमङ्ग छाओस्। इन्दिरा गाैतम
इटहरी
[१०१]
खुशी छर्दै आउँछ दशैँ र खुशी साट्दै बिदा गरौँ
आपसी भाइचाराले मानवताको सन्देश छरौँ । पद्मा काश्यप पाण्डे
पथरी मोरङ
[१०२]
दशैँ आयो निमुखा कसैका घरमा दुख दशा नआओस्
सबैलाई दुर्गा भवानी मान्यजनको आशिर्वाद लाओस् । चुडामणी देबकोटा
चनपा १३ काठमाडौँ
[१०३]
हर्ष र उल्लासले मनाउँ दशैँ पर्व
खुशी भई रमाएर गर्नु पर्छ गर्व । शशिश्री आचार्य
कुमारीगाल, काठमाडाैँ
[१०४]
ठुलाबाट थापिने टिका जमरा आशिर्वादले भरी
आयो दशैँ घरघर सबको हृदय प्रफुल्ल गरि । ईमान सिंह के.सी.
व्यास ९,धनुबासे तनहुँ
हाल नागार्जुन २, सुन्दरवस्ति,गैरिगाउँ
[१०५]
सपरिवार भेटाउने फेरि आयो नेपालीको चाडपर्व
उल्लासको साथमा सबै मिलेर सद्भाव बाड्दै मानौ गर्व। शंकर कार्की
थाहा नगरपालिका ३, मकवानपुर
[१०६]
अभाव बीचमा दशैँ हैन, दशा लाग्दैछ
लालाबालाले नाना,पापा र चीची माग्दैछ। इन्दु श्रेष्ठ
भरतपुर १४, चितवन
[१०७]
सबै निराश छन् छैन रसैको
तैपनि शुभ-कामना दशैको। साँग्रीस मानन्धर मोती
क्याक्मी हटिया हरिनास ६ स्याङ्जा
हाल:- तिलोतमा ११ महुवारि, रुपन्देही
[१०८]
बाँझो छन् ती खेतबारी कुटो समाउ
ए परदेशी हो दशैँ बनेर आउ । मोहन तरामु मगर
गुल्मी नेपाल
[१०९]
कालो बादल फाटे सुन्दर बिहानी छायो
हर्ष र उमङ्गको चाड प्यारो दशैँ आयो । शुदर्शन शर्मा
सिरानचोक ३ गोरखा
हाल सेन्टर अफ्रिका।
[११०]
याे दशैँमा पूर्ण बनुन् सबै मनका चाहाना,
विजय उत्सवको सबैलाई शुभकामना । तोया नाथ चापागाईं
दमक, झापा, नेपाल
[१११]
घर आँगनमा दशैँ तिहार आयो ,
हर्ष उमङ्ग र खुसी मनमा छायो । कृष्ण धामी
बझाङ
[११२]
चाड पर्व पनि किन आउँछ म गरिबलाई?
हे घाँटी हेरी हाड निल्न भन्देउ समाजलाई । देव मगर
तिनाउ-१ कचल, पाल्पा
[११३]
यो दशैँ आयो खाउँला पिउँला रमाउला,
अर्को दशैँ मेरो लागि आउला नआउला। तिमिल्सिना बिनाेद
धरान
[११४]
छोरा छ खाडीमा बुहारीले लाउछिन् नयाँ नयाँ साडी,
चाड पर्व शून्य भाे बुहारी नि हिँडिन् नातिलाई छाडी। कर्ण ब मल्ल
प्रज्ञा बाल तथा बृद्ध मैत्रि सामुदायिक पुस्तकालय
शिखर न पा ४ डोटी
[११५]
नहोस् कसलाई दशैँ दशा खुसी आओस् मनमा
दुख हटेर सबै हर्षाेल्लासल छाओस् तनमा । सुरेश पाण्डेय
सुर्खेत
[११६]
हुनेलाई त दशैँ आयाे नहुनेलाई दशा
गाउँकाे माया बाेकी रगत बग्छ नशा नशा। राधिका अधिकारी
वालिङ स्याङ्जा
[११७]
फेरिपनि हाम्रो घर आगनमा दसैँ आयो
नेपालीहरूमा हर्ष,खुसी,उमङ्गले छायो । जीवन जैशी
अछाम हाल कैलाली
[११८]
अझै सम्झना छ, त्याे बाबाले किन्देको जामाको
आसिक र मायाको पोको, कठै मेरी आमाको । शरद ओझा ‘मेदिनीराज’
द न पा-४, बमरोडा
[११९]
हर्ष र उमङ्ग छर्ने दशैँ पर्व
संस्कृति धान्न पाउँदा लाग्छ गर्व। पुकार कोइराला
काठमाडौँ
[१२०]
देखासिकी छाडि देउ अब हैसियत हेर
मान्यजनका आशिर्वादले आफूलाई बेर। काेपिला अधिकारी
सिरानचाेक ७, गाेरखा ।
[१२१]
फेरि आयाे दशैँ नयाँ रस लिएर
बस्न नपराेस् कसैले आँसु पिएर। खुनराज काेइराला
सिद्दलेक -३ गैरीगउँ, धादिङ
[१२२]
धनीहरुले त सधैँ मिठो खान्छ राम्रो लाउँछ
गरिबहरुलाई दशैँ दशा बनेर आउँछ । गोकुल सरल
अछाम
[१२३]
ठुलाको आशिर्वाद लागोस् दशैँकाे टीका जमरा माथमा
रिस घमण्ड हटेर मित्रता बढोस् आफन्तकाे साथमा । बाबुकाजी श्रेष्ठ
मन्थली १, रामेछाप
[१२४]
दशैँ पर्व आयाे नव दुर्गा भवानीकाे गर्दछु पूजा
कृपाहाेस् माताकाे अब त दुख नासियाेस् भएर धुजा । सविता पाण्डे
काठमाडाैँ
[१२५]
दशैँ भनि दशा पनि लाग्न सक्छ फेरी
धाँटि हेरि हाड निल्नु पर्ला यहाँ नेरी । शालिक राम दाहाल
चा न पा वडा ३, झाैखेल
[१२६]
दशैँ चाड सबैको आफू अनुकूल बनोस्
दुर्गादेवीको कृपाले सबै कष्ट दूर होस् । प्रीति आत्रेय ज्ञवाली
कम्बाेडिया
[१२७]
नेपाली नेताजनलाई सत्बुद्धि देऊ दुर्गा ,
लेण्डुपे राजनीतिले नेपाल नबनोस् मुर्गा । बिके माकजू
भक्तपुर ।
[१२८]
दु:ख सुख खुसिका साथ दसैँलाई मनाउँ,
जुवातास खेल्दै नखेलौँ जाँड रक्सी नखाउँ । पारस भट्ट प्यासी
मेलौली दुई सुन्दर भुमी सेलि बैतडी
[१२९]
सबैका पुरा हुन् इच्छा अनि चाहना
दशैँ तिहारको धेरै शुभकामना । रुना कर्माचार्य दाहाल
चितवन
[१३०]
आस्था सङ्गै भाइचाराकाे बनाेस् याे दशैँ पर्व
सामाजिक सद्भावबाटै सम्भव हाेला गर्व । रामकृष्ण दुवाडी
पाेखरा
[१३१]
दसैँ आउँछ एकैपटक वर्षभरिमा
विकृति नबनोस् है हजुर हाम्रो गरिमा। अजय दनुवार
धनगढीमाई न.पा.-४, जयपुर, सिराहा
[१३२]
हरेकको मुहारमा अदम्य खुसियाली छायो
शरदीय मौसम सङ्गै विजया दशमी आयो। ज्योती न्यौपाने घिमिरे
गाेदार, धनुषा
[१३३]
नगरौँ चाडपर्व मनाउन हामीले हतार
घाँटी हेरी हाड निल्नुपर्छ सबैले बारबार । बाबुराम पाण्डे
अर्घाखाँची
[१३४]
उमङ्ग हर्ष साैभाग्य सकल लाै आफै सङ्ग लिएर आऊ
दशैँ सुसाएर आई सारा दु:ख पिर बढारेर लैजाऊ। प्रकाश के सी
काठमाडाैँ
[१३५]
वर्ष दिनको दशैँ चाडमा हर्सोल्लास गर्दै
परिवार देखि देश विदेश आशीर्वाद छर्दै। अम्बिका गिरी
बिराटनगर
[१३६]
बाल्यकालमा मनाएकाे दशैँ सम्झे घरी घरी
रमाइला ती पल भुल्न सक्दिन म कसै गरी । कृष्ण घिमिरे उदार
पाणिनि ७ ,अर्घाखाँची
:::::: जय टुक्का ! जय साहित्य !! :::::
प्रतिक्रिया