बिदेशिएका नेपालीलाई गैर आवासीय नेपाली संघ अब किन घाँटी सम्म पुग्यो :दोश्रो पुस्तालाई के संदेश दिने

इनेप्लिज २०८० कार्तिक ५ गते १:१४ मा प्रकाशित

बिश्वभरि यत्रतत्र छरिएर गएका नेपालीहरुको एक मात्र विश्वसनीय गैर आवासीय नेपाली संघले आयोजना गरेको ११ औ बिश्व सम्मेलनमा प्रदर्शन गरेको तल्लो स्तरको घिनलाग्दो गतिविधिले गैर आवासीय नेपाली संघ सिद्धिएको हो कि भन्ने अब कुनै दुबिधा रहेन । अब केही बाकि छ त ?

दिउसै रात बनाइयो । नतिजामा प्राविधिक त्रुटि भन्दै बिज्ञप्ति दिदैंमा अब बिश्वमा रहेका कुनै पनि नेपालीले यसलाई विश्वास गर्नेवाला छैनन् । भ्रममा जो कोही पनि नपरौ । गैर आवसीय नेपाली संघले आफ्नो वास्तविक पहिचान प्रस्तुत गरेको छ । नेपालमा अत्यधिक मानिसहरुले मन नपराउने गैर आवसीय नेपाली संघलाई अझ अब हेर्ने दृष्टिकोण पुरै फरक भएको छ । निर्वाचनको परिणामको अन्तिम समयमा देखिएको गतिबिधिले अब केही कसैले भन्ने कुनै बाटो नै रहेन ।

निर्वाचनको परिणामको अन्तिम समयमा देखिएको गतिबिधिले अब केही कसैले भन्ने कुनै बाटो नै रहेन ।

यस अर्थमा यो हैन कि बिश्व भरि स्थापित भएका सवै संघ/संस्थाहरु जुन जोगी आए पनि कानै चिरेका भन्ने आसय कदापी हैन l नकारात्मक टिका टिप्पणी गर्ने अभिप्राय पनि हैन l

नेपाल टेलिभिजन(दूरदर्शन )का पूर्व कार्यक्रम प्रस्तोता ,निर्माता तथा निर्देशक रोशन प्रताप राणाले कुनै बेला अमेरिकामा भनेका थिए परदेशमा हरेक नेपाली तेह्र दिने दाजुभाई l उनले यो त्यसै भनेका हैन रहेछ l उनले बुझेर भनेका रहेछन l मुग्लानमा साह्रो गाह्रोमा सबै कुरा बिर्सेर नेपाली बिच एक आपसमा सहयोग र सद्भाव पाईन्छ भन्ने हेतुले बर्षौ पहिले अभिव्यक्ति दिएका थिए l

तर अब यो कुरा पूर्ण गौण हुदैछ र भै सक्यो । नेपालीलाई गैर मुनाफा सामाजिक संस्था घाटी सम्म पुगी सकेका छन् र गैर आवासीय नेपाली संघले गरेको पछिल्लो हर्कतले व्यापक रुपमा आश्चर्य र दुखित बनाएको छ ।

बिश्व भरि जहाँ संस्था खोल्यो कि विवादै विवादमा अल्झने समस्या देखा परेको छ l बिश्व भरि रहेका यस्ता सामाजिक संस्थाहरुमा महाभारतको रणभूमि जस्तै बन्दै गएको छ l पछिल्लो ज्वलन्त उदाहरण ए नारन !

बिश्व भरि नै अधिकांश नाम चलेका मुनाफा रहित नेपाली सामाजिक संस्थाहरुमा एक पछि अर्को गरि विवादको भूमरीमा पर्ने, एकले अर्कालाई नटेरने र नगन्ने कुरा सामान्य भई सकेको छ l बिबादमा अल्झने रोग लागेको छ l कुनै पनि संघ तथा संस्था ओभानो नभएको जस्तो भान हुन्छ l

बिश्व भरि रहेका कुनै पनि नेपालीलाई बाच्न संघ तथा संस्थाको पुच्छर समाती रहनु पर्दैन l नेपालको लागी केहि गर्नु पर्छ भने संघ तथा /संस्थामा लगेर उभो लागिन्छ भन्ने गलत सोचाई नराखे पनि हुन्छ l

नेपालको लागी केहि गर्नु पर्छ भने संघ तथा /संस्थामा लगेर उभो लागिन्छ भन्ने गलत सोचाई नराखे पनि हुन्छ l

किन समाज सेवामा लाग्ने ? होडबाजी र संघ/संस्थामा वैमनस्यता दिनहु मौलाउदै छ र त्यो हामीले ए नारनबाट देख्ने अवसर प्राप्त गरेका छौ l तपाईले प्राप्त गर्ने भन्दा बेसी तपाईले गुमाउने सम्भावना ज्यादा हुन्छ l अहिले एनआरएनए ३ वटा चोईटामा विभाजित भयो । अब कुन मुखले हामी अगाडी बढ़ने ? हामीले दोश्रो पुस्तालाई के सन्देश दिने ? तपाई हामी सबैको नेपालमा रहेको नाम ,प्रसिद्धि र छबि धमिलिएको छ ।

कुर्सिले गर्दा द्रुत गतिमा यो रोग निको नहुने रुपले झ्यागीदै छ र त्यो हामीले २ दिन अगाडी देख्ने मौका पायौ l झगडाको कारण केवल कुर्सि ,कुर्सिमा हाली मुहाली गर्न पाए अमेरिकी राष्ट्रपति जो बाइडेन भन्दा पनि ठुलो ठान्नेहरुबाट नै यस्तो गलत फोहरी खेल स्पष्ट देखियो ।

एनारनले सवै सिमा पार गरि दिएको छ l प्रपन्च र फोहरी खेलले सवैलाई अत्यन्तै दुखित तुल्याएको छ l नेपालमा रहेका नेपालीले बिश्वभरका नेपाली समुदायको मेल मिलाप हुन्छ भने कहिले नगरेता पनि नतिजा प्रकाशनमा पछिल्लो रडाको र भाडभैलोले संस्थाले विश्वास पुरै गुमाएको छ ।

हाम्रो ताण्डव नृत्य र हाम्रो पहिचान पर्दाफास भै सकेको छ l हाम्रो आकृति र मुकुण्डोको पहिचान भएको छ । हामी केवल कुर्सिको लागि झगडा ,विवाद हुदै कसले कुर्सि उछिट्याउने भन्ने कुराले नियति के रहेछ भन्ने कुरा अब हरेक गैर आवासीय नेपालीले बुझे । अब बुझाई रहनु नपर्ने भयो ।

सामाजिक संस्थामा लाग्नु भनेको कतै साढे सातको दशा त लाग्दैन भन्ने विचार पनि नेपाली समुदायले गरि रहेकोले संस्थामा अभिरुचि निक्कै गिर्दो अवस्थामा पुगेको छ l संघ/संस्थामा नेपालीहरुको विवाद र झगडा नहुने भन्ने अब कुनै ठोकुवा दिन नसकिने भएता पनि अब सबै संघ /संस्था मुछिएका छन् भन्ने अभिप्राय कदापी हैन l

हामी केवल कुर्सिको लागि झगडा ,विवाद हुदै कसले कुर्सि उछिट्याउने भन्ने कुराले नियति के रहेछ भन्ने कुरा अब हरेक गैर आवासीय नेपालीले बुझे ।

नेपाल बाहिर स्थापना भएको गैर आवासीय नेपाली संघमा किन सदैव किचलो हुने गर्छ । किन कहिले निर्मल र स्वच्छ भएर प्रस्तुत हुदैन ? के गैर आवासीय नेपाली संघ अन्य क्षेत्रीय तथा राष्ट्रिय स्तरका अन्य संघ/ संस्था एकै मुलाका ड्य़ाग हुन् त ? कदापी हैनन् ? अन्य संघ/संस्था र गैर आवासीय नेपाली संघले अद्वितीय काम गरेका छन् l

तर उनीहरु अझ पनि एक जुट हुन् र मिल्न सक्दैनन् l हाम्रो बुद्धि कहिले आउला ? अब घैटोमा घाम कहिले लाग्ला हाम्रो ? कहिले हामी ऐक्यबद्ध हुने ? हाम्रा सन्तान र दोश्रो पुस्तालाई हामीले के संदेश दिने ?

यस्ता थुप्रै अनगिन्ती जिज्ञाशाहरुको प्रतिक्षा सहित हामी सबैलाई श्री पशुनाथले आशिर्वाद दिउन !

प्रतिक्रिया