म सधैँ तिम्रो साथमा छु  ……………

इनेप्लिज २०८० कार्तिक २ गते १०:५७ मा प्रकाशित

म सधैँ तिम्रो साथमा छु  सधैँ साथमा रहने छु
माया गरेको मान्छे बानी ब्यहोरा सबै मन पराएको छु
प्रेमको लागि, म जति लेख्छु, कम नै लाग्छ
मैले तिम्रो मायाको महसुस गर्नु छ
 
जिन्दगीमा खुसी रहन समय सँगै हिँड्न सक्नुपर्छ
जीवनभरको खुसी मिलोस् हासी खुसी जिउनुपर्छ 
एक झलक देख्दा पनि मन खुसी हुन्छ
एकअर्काको सम्झनामा जसरी पलक फडफड्छ
 
अब सँगै बस्ने , सँगै बाँच्ने र मर्ने बाचा सँगै होस्     
मनको पीडा कम गर्न भेट सधैँ होस्
तिमी मलाई सम्झन्छौ र म तिमीलाई सम्झन्छु
तिम्रो सम्झनालाई अलिकति महसुस गर्न सक्छु       
 
 सुख-दु:ख बाँड्दा मन हलुको हुन्छ
मुहारमा मुस्कान देख्दा दिल खुसी हुन्छ
मेरा शब्दहरू मात्र बुझ्नुहोस् तिमीलाई माया गर्छु
सधैँभरि मेरो साथमा रहनुहोस्  जीवन खुसी बनाउँछु     
 
कुनै घमन्ड छैन, कुनै गुनासो छैन
मन भरी माया छ कुनै घृणा छैन
तिम्रो सामु मेरो भावना स्पष्ट छ
 जस्तोसुकै परिस्थितिमा पनि सम्झनु छ 
 
तिमीले मलाई बुझ्यौ?मेरो मनले जान्दछ
सबै मनोकामना पूरा होस् मेरो मन खुसी छ
एक अर्काको सम्झना पनि मनमा सजाएर राख्नु छ
म सधैँ तिम्रो साथमा छु  सधैँ साथमा रहने छु
 
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया