झुटको बोली लुटको आतंक

इनेप्लिज २०८० कार्तिक १ गते २२:२३ मा प्रकाशित

खगेन्द्र प्रसाद आचार्य

झुट बोलेर लुटको आतंक मचाउने,
केही नेताको बोलीमात्र बिक्छ यहाँ ,
कोहि अमेरिका कोहि युरोपका,
थोरै चिन र भारतका मतिहारले,
यो देशलाई अफगानिस्तान बनाउने थाले,
छिटै आउ बचाउ यो देशलाई ,
तिमी जस्तो शक्तिशाली तानाशाहको खाचो छ यो देश नेपाललाई।

कोहि ठूलो धनराशी ल्याउने,
कोहि लामो प्रसारण लाइन बनाउने,
कोहि तराईलाई बेग्लै देश बनाउने,
कोहि फेरि राजा फर्काउने ,
बिदेशीले काधमा राखेको बन्दुक ,
जनतालाई पढकाउने खोज्ने,
यिनैको बोलवालामात्र छ यहाँ,
आउ बचाउ यो देशलाई तिम्रो खाचो छ।

शान्ती को प्रतीक बुध्द जन्मेको देश,
वीर बिरङ्गानाले रगत बगाएको देश,
कुनै बेला अग्रेजलाइ लखेटने,
वीर योद्धाको नासो देश,
ती कथित् पुजिपती यो देशका,
मतिहार हुन जन्मिएका नेताले गर्दा,
अब तेस्रो बिश्वयुध्दको झनक,
यो देशमा देखिन थाल्यौं ।

यो देशले बिकास गर्न नसकेको कारण ,
मतिहार नेताको खोक्रो रास्ट्रवाद रहेछ।
राणा शासन विरुद्ध बोल्ने बाहेक,
रास्ट्रद्रोह प्राकृति साधनको दोहन बाहेक,
यो देशमा बिदेशीले बनाएका कारखाना ,
बेच बिखन बाहेक के गर्यो र ?
प्रजातान्त्रिक भनाउदो काग्रेशले ।

जोडुने टुक्रिने जनता झुक्याउने ,
ठुला ठुला सपनामा अल्झाउने,
कहिले पानी जहाज कहिले रेल दौडाउने,
मन चिन्ते कुरा बाहेक के गर्यो कमनिस्टले ?
झुटको बोली लुटको आतंक मचाउनेलाइ,
अब सजाय दिने बेला भइ सक्यो ,
माओसेतुङ्ग हिटलर जस्ता देश प्रेमी तानाशाह को जरुरी भइ सक्यो यो देश नेपालाई
एउटा देश प्रेमी तानाशाह भएर,
आउ बचाउ यो देशलाइ छिटै,

खगेन्द्र प्रसाद आचार्य

दुर्गा नगर बिकास समाज
काठमाडौ

प्रतिक्रिया