अमेरिकामा नेपाली मूलका १० बर्षे बालक स्यालओनलाई २ स्वर्ण पदक १ रजत सहित कूल ३ पदक प्राप्त

इनेप्लिज २०८० कार्तिक १ गते २२:११ मा प्रकाशित

अमेरिकामा नेपाली मूलका १० बर्षे बालक स्यालओनले २ स्वर्ण पदक १ रजत सहित कूल ३ पदक जितेका छन् ।

गत अक्टोवर १४ तारिक २०२३ मा अमेरिकाको सुट्ल्यान्डमा सम्पन्न २०२३ वारियर्स विदिन मार्शल आर्ट्स च्यामपियनशिप ( तेक्वान्दो प्रतियोगिता)मा नेपाली मूलका १० वर्षे बालक स्यालओन शाक्यले मार्शल आर्टमा प्रतियोगितामा २ स्वर्ण र १ रजत जित्न सफल भएका छन् ।

चेसपीक मार्शल आर्ट्सका मुख्य प्रशिक्षक ग्राण्ड मास्टर सुनिल शाक्यको नेतृत्त्वमा भाग लिएको टोलीले उक्त प्रतियोगितामा ४ स्वर्ण , १० रजत र ४ कास्य जित्न सफल भएको थियो ।

तेक्वाण्डोको फोम्स, वेपन्स र भिडन्त (स्पारिङ्ग)मा उत्कृष्ट प्रदर्शन गर्दै स्यालओनले कालो फित्ताधारी (व्लाक वेल्ट )समूहमा ३ पदक हासिल गरेका थिए। गत जुन १५ मा स्यालओनले ९ वर्षको कलिलो उमेरमा नै तेक्वाण्डोमा कालो फित्ता (व्लाक वेल्ट )हासिल गर्न सफल भएका थिए ।

प्रतिक्रिया