अमेरिकाको टेक्सस राज्यको ड्यालसमा १२ औ गोर्खा कप भकुण्डो प्रतियोगिता टेक्सस एफसि बिजयी भएको छ भने डिएफसि हिमालयज एफसीले उपबिजेतामा चित्त बुझाउनु परेको छ । गत शनिबार अक्टोबर १४ का दिन उक्त प्रतियोगिता भएको थियो ।
यसै गरि ३५ बर्ष भन्दा माथिको खेल प्रतियोगितामा ड्यालस गोर्खा एफसी बिजयी भएको छ भने गोल बस्टर एफसी (फुटबल क्लब)ले दोश्रो स्थान हासिल गरेको छ ।
यसैगरी १० बर्ष भन्दा मुनिको खेल प्रतियोगितामा ग्यालक्सी सकर एकाडेमी बिजयी भएको छ भने ड्यालस गोर्खा भकुण्डो टोली दोश्रो भएको छ । उक्त प्रतियोगितामा नेपालका पूर्व राष्ट्रिय टोलीका प्रशिक्षक प्रदिप हुमागाई सम्मानित समेत गरिएको छ ।
बिजेताहरुलाई कूल २१ ,००० हजार डलरको नगद तथा पुरस्कार समेत वितरण गरियो । अमेरिकाको पूर्वीय क्षेत्र न्यूयोर्क देखि पश्चिम क्यालिफोर्नियाबाट २६ वटा खेल टोलीले भाग लिएका लिएका थिए । प्रतियोगिता गत अक्टोबर १४ र १५ का दिन आयोजना भएको थियो ।
यसै गरि बिगत बर्ष झैँ यस बर्ष पनि ३५ बर्ष माथिको प्रतियोगिताको समेतलाई निरन्तरता दिईएको थियो । उक्त प्रतियोगितामा १३ वटा टोलीहरु रहेका थिए ।
उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई १ हजार डलर तथा ३५ बर्ष माथिको उमेरको खेलको लागि ७५० डलर दर्ता शुल्क राखिएको थियो । प्रथम हुने खेल टोलीलाई १० हजार तथा उपबिजेता टोलीलाई ४ हजार डलर नगद पुरस्कार प्रदान गरियो ।
यस्तै ३५ बर्ष भन्दा माथिको खेलमा बिजेतालाई ५ हजार र उपबिजेतालाई २ हजार डलर नगद पुरस्कार प्रदान गरियो ।
क्लबका अध्यक्ष विनोद विष्टले राम्रो संग खेल सम्पन्न हुन् सकेकोमा हर्ष व्यक्त गर्दै आगामी २०२४ मा १३ औ गोर्खा कप भकुण्डो प्रतियोगितामा भेट्ने बचनबद्धता गरे । उनले सबैलाई एक मुष्ट रुपमा धन्यवाद इनेप्लिज मार्फत दिएका छन् ।
प्रतिक्रिया