इजरायल-हमास द्वन्द्व फैलिने चिन्ता बढ्दै गएपछि बाइडेन इजरायल र जोर्डन जाने

इनेप्लिज २०८० असोज ३० गते १०:५१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन बुधबार इजरायल र जोर्डन दुवै इजरायली र अरब नेतृत्वसँग भेट्न जाने भएका छन् । राष्ट्रपति बाइडेन त्यस तर्फ आउने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार बिहान तेल अवीवबाट घोषणा गरे।

बाइडेनले इजरायलको युद्धकालीन भ्रमण गर्ने कि नगर्ने भनेर छलफल भै रहेको अवस्था र जोखिमले भरिएको यात्रा रहेता पनि अन्तत्वगत्वा बाइडेन आगामी अक्टोबर १८ बुधबारका दिन त्यस तर्फ जाने तय भएको छ ।

गाजामा मानवीय अवस्था झन् भयावह बन्दै गएको र इजरायलले हमासलाई जरैदेखि उखेल्न १४१ वर्ग माइल (३६५ वर्ग किलोमिटर) क्षेत्रमा सम्भावित जमिन आक्रमणको तयारी गरिरहेको बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेनको इजरायल भ्रमणको घोषणा गरेका छन्।

बाइडेनले अमेरिका इजरायलको पछाडि छ भनि बारम्बार बोली रहेका छन् । उनको प्रशासनले यस क्षेत्रमा अमेरिकी वाहक र सहायता पठाउँदै सैन्य सहयोगको वाचा गरेको छ। कांग्रेसलाई इजरायल र युक्रेन दुबैका लागि थप २ अर्ब डलर (२ बिलियन डलर )थप सहायताको लागि आग्रह गर्ने छन् भनि एपीले समाचार लेखेको छ ।

प्रतिक्रिया