अमेरिकाको प्रमुख खुद्रा औषधि पसल राइट एड नामक फार्मेसी(औषधालय) टाट उल्टेको घोषणा सहित दर्ता गरेको छ।
राइट एडले गत आइतवार आर्थिक रुपले खरानीको तालमा पुगेको भन्दै दर्ता गरेको छ । ३.४५ बिलियन डलर नयाँ वित्तपोषण(रिस्ट्रकचर )प्राप्त गरेको छ । यसले आफ्नो घट्दो बिक्री र ओपिओइड-सम्बन्धित मुद्दाहरूको सामना गर्दा पुनर्संरचना योजना प्रस्तुत गरेको छ भनि एबिसीन्युजले जनाएको छ ।
सन् २०२२ फार्मेसीहरूले प्रिस्क्रिप्शन ओपियोइड(चिकित्सकहरुद्वारा निर्दिष्ट ओखति) हरूको अत्यधिक आपूर्तिमा योगदान पुर्याएको आरोप लागेको मुद्दाहरू समाधान गर्न राइट एडले ३० मिलियन डलरको सम्मको सम्झौता गरेको थियो ।
टाट उल्टेको दर्ता गरे पछि कम्पनीको ऋणलाई उल्लेखनीय रूपमा घटाउने प्रतिबद्धता जाहेर गरेको छ । राइट एड फार्मेसीमा काम गरेका तीन जनाले उजुरी दिएपछि न्याय विभागले कारबाही समेत गरेको थियो ।
राइट एडले सामान्य रूपमा ज्याला र अन्य लागतहरूको भुक्तानीको लागि व्यवस्था गरिरहेको जनाएको छ । यद्यपि १७ राज्यहरूमा यसको २,१०० भन्दा बढी फार्मेसीहरू बीच केही “कम प्रदर्शन गर्ने” पसलहरू बन्द हुनेछन्।
प्रतिक्रिया