नेकां प्रदेश संसदीय दलका नेता थापाद्वारा राजीनामा

इनेप्लिज २०८० असोज २७ गते १५:३३ मा प्रकाशित

विराटनगर,२७ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।

नेता थापाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि प्रदेश सरकार निर्माणमा विकासित भएको घटनाक्रममले गर्दा नैतिक रुपमा दलका नेताको रुपमा बस्न उपयुक्त नभएकोले पदबाट राजीनामा दिएको जानकारी दिनु भयो ।

नेता थापाले प्रदेशका नव नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई शुभकामना दिँदै आगामी दिनमा पार्टीको निरन्तर साथ रहने बताउनु भयो ।

पत्रकार सम्मेलनमा प्रदेशको विकसित राजनितिक घटनाक्रमले गठवन्धनलाई कुनै असर नपुग्ने र प्रदेशमा गठवन्धन आगामी निर्वाचनसम्म कायम रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यस अघि आज वसेसको प्रदेश संसदीय दलको बैठक पछि नेता थापाले राजिनामा दिनु भएको हो । बैठकमा नेकांका २९ जना प्रदेश सभा सदस्य मध्ये १९ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया