हेजबुल्लाहद्वारा ४ इजरायली स्थानमा आक्रमण गरेको जिम्मेवारी

इनेप्लिज २०८० असोज २६ गते १६:५४ मा प्रकाशित

लेबनानी लडाकु समूह हेजबुल्लाहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चार इजरायली स्थानहरूमा आक्रमणको जिम्मेवारी लिएको छ।

मैदानमा रहेको सिएनएन टोलीले यी आक्रमणहरूमध्ये केही देखेको थियो भनि समाचारमा जनाएको छ ।

शुक्रबार दिउँसो इजरायली आक्रमणको जवाफमा दक्षिणी लेबनानी सहरहरूको वरपर, इस्लामिक प्रतिरोधका मुजाहिदीनले इजरायलका बिभिन्न स्थानहरु अल-अबाद ,मिस्कवाम ,रामिया ,अल-आलम स्थलहरुमा आक्रमण गरेको बिज्ञप्तीमा जनाएको छ ।

प्रत्यक्ष र उपयुक्त हतियारहरू सहित सबैले सही लक्ष्यहरु हासिल गरे,” हेजबुल्लाहले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया