अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केन इजरायल पुगेका छन् । उनलाई राष्ट्रपति जो बाइडेनले त्यस तर्फ पठाएका हुन् । अहिले तेल अवीवमा इजरायली प्रधानमन्त्री नेतन्याहुसँगै ब्लिन्केन हमाससँग इजरायलको चलिरहेको युद्धलाई सम्बोधन गरि रहेका छन ।
इजरायली रक्षा मन्त्री योभ गालान्टले बिहीबार आफ्ना नेटो समकक्षहरूलाई गाजामा यहूदी राज्यले “हमासलाई ध्वस्त पार्ने चेतावनी दिएका छन । उनले इजरायल “लामो र कठिन युद्धका लागि तयार रहेको बताए। तर हामी जित्नेछौं।”
यसै गरि नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले ब्रसेल्समा नेटो रक्षा मन्त्रीहरूको बैठकको दोस्रो दिनमा गठबन्धनले इजरायललाई समर्थन गर्ने वाचा गरेपछि इजरायल एक्लै नहुने बताए ।
गठबन्धनले आतंकवादी हमलाको कडा भन्दा कडा शब्दमा निन्दा गरेको उनले बताए । साथै हमासलाई सबै बन्धकहरूलाई “तत्काल” रिहा गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया