टेक्ससमा १२ औ गोर्खा कप भकुण्डो प्रतियोगिताका बिजेताहरुलाई कूल २१ ,००० हजार डलरको नगद तथा पुरस्कार

इनेप्लिज २०८० असोज २४ गते २३:३१ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बाह्रौ गोर्खा कप भकुण्डो प्रतियोगिता आगामी शनिबार अक्टोबर १४ का दिन हुने भएकोले अन्तिम तयारीमा पुगेको आयोजकका तर्फबाट बिनोद बिष्टले ईनेप्लिजलाई बताए ।

बिजेताहरुलाई कूल २१ ,००० हजार डलरको नगद तथा पुरस्कार समेत वितरण गरिने बिष्टले जानकारी दिएका छन । अमेरिकाको पूर्वीय क्षेत्र न्यूयोर्क देखि पश्चिम क्यालिफोर्नियाबाट २६ वटा खेल टोलीले भाग लिएका छन् । प्रतियोगिता अक्टोबर १४ र १५ का दिन आयोजना गराईनेछ ।

यसै गरि बिगत बर्ष झैँ यस बर्ष पनि ३५ बर्ष माथिको प्रतियोगिताको समेतलाई निरन्तरता दिईएको छ । उक्त प्रतियोगितामा १३ वटा टोलीहरु रहेका छन् । त्यस्तै १२ बर्ष र ७ बर्ष भन्दा मुनिको खेल प्रतियोगितामा ४ वटा टोलीहरु रहेका छन् । यस पटक बिगत बर्ष झैँ नेपालका पूर्व राष्ट्रिय टोलीका प्रशिक्षक प्रदिप हुमागाइलाई सम्मान समेत गरिने छ ।

उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई १ हजार डलर तथा ३५ बर्ष माथिको उमेरको खेलको लागि ७५० डलर दर्ता शुल्क राखिएको थियो । प्रथम हुने खेल टोलीलाई १० हजार तथा उपबिजेता टोलीलाई ४ हजार डलर नगद पुरस्कार प्रदान गरिने छ ।

यस्तै ३५ बर्ष भन्दा माथिको खेलमा बिजेतालाई ५ हजार र उपबिजेतालाई २ हजार डलर नगद पुरस्कार प्रदान गरिने छ ।

आयोजक समितिका संयोजक अनुप घिमिरेका अनुसार १२ औं वार्षिक कपको तयारी पूरा भएको बताए । उनले “हामी सबै राज्यका सबै सहभागी टोलीहरूलाई आयोजना गर्न पाउँदा उत्साहित छौं।” र घिमिरे युवा खेलाडीका रूपमा यस क्लबसँग आवद्ध छन् र पछिल्लो समय विभिन्न कार्यक्रमको व्यवस्थापनमा टोलीलाई सहयोग गर्दै आएका छन् ।

क्लबका अध्यक्ष विनोद विष्टले हामी हाम्रो समुदायमा यस्तो कार्यक्रम ल्याउन पाउँदा र सबैलाई खेल्ने अवसर प्रदान गर्न पाउँदा हर्षित भएको बताए ।

प्रतिक्रिया