एनआरएन दसिंगरका सर्वोत्कृष्ट स्वरका धनी यी पाँच

सुरेन उप्रेती पाँचथर हाल क्यानडा २०८० असोज २४ गते १९:५० मा प्रकाशित

गैरआवासीय नेपालीहरूको संगठनले सन्सारभरी छरिएर रहेका नेपालीहरूलाई गोलबन्द गराउँदै आएको छ । नेपाल भन्दा बाहिर रहेका नेपालीहरूलाई हरेक दुखसुखमा साथ दिँदै आएको छ । साँच्चै भन्ने हो भने नेपालीहरू पुगेका हरेक मुलुकहरुका धेरै शहरहरूमा सानो नेपाल बनाउँन सफल भएको छ । गैरआवासीय नेपाली सँघको स्थापना! भएको दुई दशकमात्र भए पनि प्रवासीएका नेपालीहरूको मनमा बस्न सफल भएको छ । सबै नेपालीहरुको अविभावकत्व ग्रहण गर्न सफल भएको छ ।

अध्ययन ,रोजगारी, व्यापार आदिका रूपमा प्रवासीएका हरेक नेपालीहरूको मन मष्तिष्कमा नेपाल बसेको हुन्छ । आफु जन्मिएको घर खेल्दै हुर्कीएको माटो बनजंगल खोलानाला आदिले सपनामा पनि उम्कन दिँदैन । आफुसँगै तानेर राखेको हुन्छ ।

नेपालका चाडपर्वहरू दशै, तिहार, तीज, लोसार, छट ,मागी आदि पर्वहरूमा साथीभाइ र परिवारजनसँग छुटेर बस्नु पर्दाको पिडा कसले महषूस गर्न सक्ला र ! नेपालमा कुनै प्राकृतिक प्रकोप बाढी ,पैरो, भूकम्प, आगलागीमा प्रवासीहरू पिडित हुन्छन् । भोक, निन्द्रा, र चयन हराउँछ । माहामारीहरू कोरोना, डेँगो, झाडापखाला, हैँजा र बिमान, बस र यातायातका साधन आकस्मिक दुर्घटनाहरू हुँदा कैयौँ अनिदा रातहरु बित्छन् । कसरी सहयोग जुटाउने र उद्धार गर्ने भन्ने चिन्तादले सताउँछ । नेपाललाई कसरी सम्बृद्ध बनाउने भन्ने योजना र परियोजनाहरू बनाउँछन् र लगानी भित्र्याउँछन । नेपाल सम्बृद्ध भयो भने आफ्नो पहिचान पनि फेरिन्छ भन्ने कुरामा प्रवासीएका नेपालीहरू स्पष्ट छन् ।

कसरी विदेशमा आफ्नो पहिचान बढाउने चिन्ताले सताएको हुन्छ । सबै बिदेशीहरूले सगरमाथा र गौतम बुद्धको देश भन्ने चिनेका हुँदैंनन् । त्यहाँका सामान्यमानिसहरुलाई नेपाल चिनाउन हाम्रो भाषा साहित्य सँस्कृतिलाई चिनाउन सक्नु पर्छ । उनीहरुलाई नेपाल जाउँजाउँ भन्ने बनाउन सक्नु पर्छ । सबै गैरआवासीय नेपालीहरु अवैतनिक दूतहरू हुन । उनीहरुले नेपाललाई बिश्वसामू परिचित गराउने काम गरी रहेका हुन्छन् । यसको सँगठित र दस्तावेजीकरणको कार्यभने गैरआवासीय सँघले गर्दछ ।

यिनै कुराहरूलाई ह्रृदयँगम् गरी गैरआवासीय नेपाली संघ संस्कृति तथा सम्पदा समितिले सन २०१९ -२०२१को कार्यकालको प्रथम बैठकबाट दुई महत्वपूर्ण कार्यगर्ने घोषणा गर्यो । सो बैठकमा सल्लाहकार कृषणप्राकाश श्रेष्ठ, संयोजक गोविन्दप्रसाद गौतम्, क्षेत्रिय संयोजकहरु सुरेन उप्रेती उत्तर अमेरिका, बर्षा क्षेत्री अफ्रिका ,डा लेखनाथ काफ्ले एशिया प्यासिफिक, अमित चाम्लिङ राई मध्यपूर्व ,दिक्पाल पज्ञानी अष्ट्रेलिया ,त्यस्तै सदस्यहरू बिनिता लामिछाने फिनल्याण्ड, दिपिका भूसाल ईज्रायल, गणेशराज गौतम अस्ट्रेलिया, हेमराज सुबेदी पोर्चुगाल, ईस्वरी भट्ट अमेरिका , खड्ग न्यौपाने जर्मनी, र नवराज बिके कतारको उपस्थितिमा एनआरएन द सिँगर गर्ने र डायस्पोरामा नेपाली संस्कृति र सम्पदा पुस्तक प्रकाशन गर्ने निर्णय भयो । यस समितिले पटक पटक बैठकहरू बसेर कसरी गर्ने कहिले गर्नेभन्ने निर्णयहरु गर्यो । प्रविधिको सयोजक गणेशराज गौतम मिडिया सँयोजक भगिरथ योगी आर्थिक सँयोजक हिक्मत थापा सगीत संयोजक केशब पौडंल चयन हुनु भयो । जीङगल तयार गर्ने कार्य भयो । सोको लागि इस्वरी भट्टले पचपन्न हजार दिएर बिनिता लामिछानेको रचनामा जीङगल तयार भयो । जजहरूमा शम्भूजीत बास्कोटा शम्भु राई सर्मिला बर्देवा र एनआरएनएका पूर्वअध्यक्ष साहित्यकार जीवा लामिछाने रहने निर्णय भयो । पुस्तक प्रकाशनमा सुरेन उप्रेती कृष्णप्रकाश श्रेष्ठ र डा लेखनाथ काफ्ले रहेको उपसमिति बन्यो । यसै बिचमा कोरोनाको महामारी फैलियो । जसले विश्वलाईनै तहरनहर बनायो । हाम्रा आदरणीय दाजु कृष्णप्रकाश श्रेष्ठलाई पनि हामीले गुमायौँ । यस पिडामा साहित्यकार जीवा लामिछाने हिक्मत थापा र सुरेन उप्रेतीको पहलमा सम्झनामा कृष्णप्रका श्रेष्ठ पुस्तक प्रकाशन भयो ।

यसै विचमा मध्यपूर्वका यूवाहरूले एनआरएन आइडल गर्न शुरू गर्नु भयो । त्यो मध्यपूर्वका लागि मात्र भए पनि कार्यक्रम जुधाउनु हुँदैन भनेर आइसीसीले तत्काल कार्यक्रम नगर्न सल्लाह दियो । २०१९ – २०२१को कार्यकाल समाप्त भयो । पुस्तक प्रकाशनका लागि पनि कृष्णप्राकश श्रेष्ठलाई प्राप्त भएका धेरैलेखहरू हामीले पाउँन सकेनौ । उहाँको अभावमा सबै प्राप्तलेख उहाँकै कम्प्यूटरमा रहे । सन्सार भरीका गैरआवासीय नेपाली संघहरू सँग लेखहरूका

लागि आव्हान गरियो । पटक पटकको असफलता पछी व्यक्तीगत संपर्कबाट लेखरचनाहरू संकलन भए । करिब तीन दर्जन देशहरुका सस्कृति र सम्पदालाई समेटेको छ यो पुस्तकले ।

गैरआवासीय नेपाली संघको संकृति तथा सम्पदा समिति २०२१- २०२३ बन्यो । सो समिति पनि संयोजक गोविन्दप्रसाद गोतमको संयोजकत्व र बिन्दु निरौला साप्कोटाको सदस्य सचिवमा बन्यो । पूर्व सदस्यसचिव खड्ग न्यौपाने सह सदस्यसचिवमा रहेर कार्य शुरू भयो । नयाँ समितिमा निम्न व्यक्तित्वहरू समाहित हुनुहुन्छ । हाल तीन जना जजहरू हुनुहुन्छ । वरिष्ठ गायक तथा सर्जक शम्भु राई (नेपाल), शर्मिला बर्देवा (युके) र रुपककुमार शाही समुदा (अस्ट्रिया) बाट रहनुभएको छ ।

‘एनआरएन द सिङगर’ अन्तिम चरणमा पाँचजना प्रतिभाशाली चयन गरेको छ । सोमबार राति स्पेस फोर के टेलिभिजनमार्फत उत्कृष्ट १० जनाको प्रस्तुती पछि फाइनलमा प्रतिस्पर्धा गर्ने ५ जनाको टुंगो लागेको हो । यी ५ जनाले अब अक्टोबर १५ तारिखमा काठमाडौंमा हुने ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने छन् । उत्कृष्ट १० बाट कर्मा दोङ तामाङ, विष्णु क्षत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमलीले ग्रान्ड फिनालेका लागि स्थान पक्का गरेका छन् ।

काभ्रे घर भइ जापान बस्ने कर्मा दोङ तामाङ अहिले जापानमा रहँदै आएका छन् । विदेशमा बसेपनि नेपाली गित र संगीतमा समर्पित भएका तामाङले फिनालेमा पुग्नका लागि राजु लामाको चर्चित गीत ‘गाउँकी चेली साह्रै नै राम्री फरिया र चोलोमा झनै राम्री’ बोलको गीत प्रस्तुत गरेका थिए ।

पर्वतमा जन्मिएका विष्णु क्षत्री १५ वर्षदेखि युरोपको नर्वेमा बस्दै आएका छन् । विदेशमा रहेर पनि नेपाली गीत संगीतलाई सदैब माया गर्ने क्षत्रीले फाइनल पुग्नका लागि रामकृष्ण ढकालको आरोह एल्बमको हिरा काट्ने हिरैमा राखेर बोलको गीतलाई सुन्दर ढंगले प्रस्तुत गरेका थिए ।

त्यस्तै गरी भोजपुरमा जन्मिएकी गुना मगर कतारको दोहामा रहेकी छिन् । उनले फिनालेमा पुग्नका लागि इन्डियन आइडल जितेका प्रसान्त तामाङले गोरखा पल्टन चलचित्रका लागि गाएको ‘ज्यान सुहाउन लाको चोली तानसेन बजारैको बोलक’ गीत प्रस्तुत गरिन् ।

त्यस्तैगरी बेलायतमा जन्मिएकी युक्ती विमलीले शिशिर योगीको ‘छाडेर काम सारा एक मानिस खोजी रहेछु’ बोलको चर्चित राष्ट्रिय गीत प्रस्तुत गरेकी थिइन् । उनी बेलायतमै जन्मिएकी हुन् ।

रोल्पामा जन्मिएका सुवासचन्द्र पुन मगर अहिले पोर्चुगलमा रहेका छन् । उनी रोहित थापाले गाएको ‘घर त मेरो यहाँ होइन’ बोलको गीत प्रस्तुत गरेर फिनालेमा पुग्न सफल बनेका हुन ।

समग्रमा १० जनाले प्रस्तुती दिएकोमा फिनालेका लागि ५ जना छनोट भएका हुन् । उत्कृष्ट १० बाट ग्रान्ड फिनाले मा पुग्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गरेको थियो । तर अब ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छ ।

उपाधि जित्नले नगद रु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने एनआरएन द सिङ्गरका प्रमुख संयोजक गोविन्द प्रसाद गौतमले जानकारी दिए । ग्रान्ड फिनाले फिनाले घटस्थापना का दिन असोज २८ गते (अक्टोबर १५) मा काठमाडौंमा आयोजना गरिने र सोही दिन डायस्पोरामा नेपाली संस्कृति र सम्पदाको लोकार्पण हुने कुरा संयोजक गोविन्दप्रसाद गोतमले बताए।

प्रतिक्रिया