काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्यापटरले प्रकाशन गरेको बाल कविता क्यालेन्डर काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपती एंव वरिष्ठ साहित्यकार बैरागी काइँलाले लोकार्पण गर्नु भएको छ । अनेसासको बाल साहित्य समितिका संयोजक सुरेन उप्रेतीको आह्वानमा विश्वभरी रहेका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा र साहित्यलाई जोगाइ राख्न शरू गरिएको अभियानमा अफ्रिका पनि जोडिएको छ । क्यानडा ,अमेरिका ,अष्ट्रेलिया, मध्यपूर्व कतार, फ्रान्स जस्ता देशहरूले नेपाली वालवालिकाहरूका कवितालाई क्यालेण्डरमा राखी प्रकाशन गरेको छ ।
त्यसैक्रममा अफ्रिकामा रहेका बालबालिकाहरूका कविता संकलन गरी अफ्रिका च्याप्टरले प्रकाशन गरेको छ । अनेसास बालसमितिका सदस्य एवंम अफ्रिका च्याप्टरका सदस्य कवि रामचन्द्र राईले यो क्यालेण्डर सम्पादन गर्नु भएको हो ।
उक्त क्यालेण्डर लोकार्पण कार्यक्रममा अनेसास अफ्रिका च्यापटरका अध्यक्ष कृष्णदत्त भट्ट , अनेसासका सल्लाहकार हिक्मत थापा लगाएत कवि साहित्यकारहरुको उपस्थिति थियो । क्यालेन्डरमा अफ्रिकामा बस्ने बाल प्रतिभाहरु युनेश घिमिरे ( क्यामरुन ), स्मिता श्रेष्ठ ( सेसेल्स ),अश्मी क्षेत्री ( कंगो ), बिशेषता राना मगर ( तान्जानिया ) र सामर्थ अर्याल ( नाइजेरिया ) का कविता रचनाहरु समेटिएका छन ।
प्रतिक्रिया