हरिदेवी कोईरालालाई अनेसास बोस्टनको ‘बरिष्ठ स्रस्ठा सम्मान पुरस्कारबाट सम्मानित’

इनेप्लिज २०८० असोज २३ गते २:१८ मा प्रकाशित

बोस्टन समाचार दाता

हालै अनेसास बोस्टनले ‘वरिस्ठ स्रस्ठा सम्मान पुरस्कार’को घोषणा गरेको छ र पहिलो सम्मानित स्रस्ठाको रुपमा नेपाली लोक साहित्यमा ठूलो योगदान पुर्याउने सोर किन्नरी हरिदेवी कोरइरालालाई दिने निर्णय गरेको थियो। सोहि पुरस्कार आज मिती नोभेम्बर 8 तारिख, २०२३ आईतवार वहाँ आएक अवसर पारेर एक समारोहबिच उँहालाई प्रदान गरिएको हो। दुइ सय अमेरिकी डलर र सम्मान पत्र सहितको उक्त पुरस्कार सँस्थाका अध्यक्ष महेश्वर पन्तले प्रदान गरेका थिए। सोहि अवसरमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई पनि संस्थाले प्रमाण पत्र प्रदान गरेर वहाँको लोक र नेपाली भाषा संस्कृतिमा पुर्याएको कार्यको प्रसंसा गरेको थियो।

‘वरिस्ठ स्रस्ठा सम्मान पुरस्कार’ वर्षको एक पटक बिस वर्ष भन्दा बढि नेपाली भाषा, सहित्य, लोक साहित्य, गीत, लोकगीत, सगींत, संस्कृति, लोकसंस्कृति आदिमा टवा पुर्याएस्वरुप, नेपाली, गैर आवासिय नेपाली, विदेशीहरुलाई समेत प्रदान गरिने छ भनि जानकारी अध्यक्षले दिएका थिए।

नेपाली कम्यूनिटि सेन्टर ब्रयानट्रि, बोस्टन म्यासाच्यूसेट्समा गरिएको उक्त कार्यक्रमको सम्योजन अनेसास बोस्टनका पूर्व अध्यक्ष एम पौडेल र सचिव प्रकाश खडकाले गरेका थिए। कार्यक्रम बोस्टन लोक सुसेली समुह, जिबिएनसीको सम्यूक्त सम्योजनमा भएको थियो। कलाकार सुशिल गौतमले सन्चालन र सम्योजन गरेर ब्यबस्थित पारिएको सो कार्यक्रममा सुसेलीको तर्फबाट अध्यक्ष धनकुमार गुरुङ र बस्टनको पुरानो साझा सँस्था जिबिएनसिको तर्फबाट अध्यक्ष अञ्जु थापाले पनि स्रस्ठा द्वयलाई प्रसंसा र प्रमाण पत्र प्रदान गरेका थिए।

कार्यक्रमको लगत्तै हरिदेवी कोरइरालाको गीत र भजनसहितको कार्यक्रम सुरु भएको थियो। भजन टोलीहरुलाई नचाऊँन र हरिदेवी कोइराला र कुलपति पदमराज ढकाललाई सम्मान गर्न न्यूहेप्सायरबाट अनेसास न्यूहेम्सायरका अध्यक्ष हरिमाया अधिकारी र सागर खतिवटा आएका थिए।कार्यक्रममा रात्रि भोज र प्रसादको ब्यवस्था पनि गरिएको थियो।

प्रतिक्रिया