हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा कम्तीमा चार ल्याटिन अमेरिकी नागरिकको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् ।
शनिबारदेखि चार अर्जेन्टिनी नागरिकको मृत्यु भएको छ र चार जना बेपत्ता छन्, अर्जेन्टिनाका विदेश मामिला मन्त्री, सान्टियागो काफिरोले सोमबार सामाजिक सॅजाल(सोशल मिडिया) मार्फत जानकारी गराएका छन ।
पनामाको विदेश मामिला मन्त्रालयले आक्रमणपछि पनामाकी एक महिला बेपत्ता भएको जानकारी दिएको छ। यसैबीच, मेक्सिकोमा राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बेपत्ता मेक्सिकोको नागरिकहरूको संख्या अहिले ३ पुगेको बताए।
तिनीहरूको पूर्ण खोजी प्रयास भइरहेको छ, हाम्रा कूटनीतिज्ञहरूले मेक्सिकनहरूलाई बचाउन काम गरिरहेका छन्, “लोपेज ओब्राडोरले भने।
सिएनएन
प्रतिक्रिया