अमेरिकी सिमोन बाइल्सले छैटौं विश्व उपाधि जितिन्, इतिहासकै सबैभन्दा आभूषित जिमनास्ट (बाहुव्यायाम)बनिन्

इनेप्लिज २०८० असोज २० गते ११:३४ मा प्रकाशित

अमेरिकी सिमोन बाइल्सलाई छैटौं विश्व उपाधि ,इतिहासकै सबैभन्दा आभूषित जिमनास्ट (बाहुव्यायाम)बन्न सफल

अमेरिका प्रसिद्ध बाहुव्यायाम अर्थात् जिमनास्ट सिमोन बाइल्सलाई छैटौं विश्व उपाधि हात पारेकी छिन । इतिहासकै सबैभन्दा आभूषित जिमनास्ट (बाहुव्यायाम)बन्न सफल भएकी छिन ।

बाइल्सले अहिले सम्म विश्व प्रतियोगिता (च्याम्पियनसिप) र ओलम्पिकमा ३४ पदक जितेकी छन्।

गत शुक्रबार बेल्जियमको एन्टवर्पमा भएको विश्व च्याम्पियनसिप(प्रतियोगिता )मा महिला वैयक्तिक सबै खेल (अलराउन्ड )मा ५८.३९९ अंकका उपाधिका लागि स्वर्ण जित्दा २६ वर्षीया प्रसिद्ध जिम्न्यास्टिक (बाहुव्यायामकी महान खेलाडी )ले आफ्नो २७ औं विश्व प्रतियोगिता पदक जितेकी हुन् ।

उक्त प्रतियोगितामा अमेरिकी टोली कैट शिलेस जोन्सले पनि ५६.३३२ अंकका साथ महिला अलराउन्ड विधामा कांस्य पदक जितिन्। साथै ब्राजिलकी रेबेका एन्ड्राडेले ५६.७६६ अंक हासिल गर्दै रजत पदक जितेकी छन् ।

उनको जितपछि मंचमा राष्ट्रिय गान बज्दा बिल्स भाबुक भएकी थिइन् ।

महिला राष्ट्रिय जिम्न्यास्टिक((बाहुव्यायाम) टोलीले लगातार सातौं विश्व प्रतियोगितामा उपाधि जितेर खेलकुद इतिहासमा स्थान कायम गरेको दुई दिनपछि यो जित आएको हो भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

टोलीको नेतृत्व गर्ने बिल्सले टोली अमेरिकालाई विश्व च्याम्पियनसिपमा कीर्तिमानी स्वर्ण पदकमा पुर्‍याउन मद्दत गरिन ।

प्रतिक्रिया