भर्जिनियामा जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उप-प्रधानमन्त्री मा.उपेन्द्र यादवसंग अन्तरक्रिया हुने

इनेप्लिज २०८० असोज २० गते १:५५ मा प्रकाशित

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उप-प्रधानमन्त्री मा.उपेन्द्र यादव संग छलफल तथा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । 22330 S Sterling Blvd VA मा आगामी October 7 Saturday 1:30-3:30 PM सम्म कार्यक्रम हुने कार्यक्रमका आयोजक Association of Nepali Teraian in America (ANTA) ले जनाएको छ ।

गत हप्ता मात्र अमेरिका आउनुभएका अध्यक्ष उपेन्द्र यादव ANTA को महाधिवेशनमा प्रमुख अथितीको रूपमा आउनुभएको हो । त्यसैगरी गत October 2 मा न्यूयोर्कमा नेपाली समाज अमेरिकाको आयोजनमा नेपाली समुदाय माझ अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

यस्तै गरि टेक्ससको अस्टिनमा अक्टोबर ८ का दिन समेत अन्तरक्रिया हुने भएको छ ।

प्रतिक्रिया