
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एउटा ठूलो र चेतावनीपूर्ण घोषणा गरेका छन्। उनले अमेरिकी डिजिटल कम्पनी(अङ्किय प्रतिष्ठान हरू (जस्तै गुगल, फेसबुक आदि) माथि कर (ट्याक्स) लगाउने जुनसुकै देशलाई पनि कडा कारबाही गर्ने धम्की दिएका छन्।
ट्रम्पका अनुसार यदि कुनै देशले अमेरिकी प्रविधि कम्पनीहरूमाथि ‘अङ्किय (डिजिटल) सेवा कर’ लगायो भने अमेरिकाले पनि त्यो देशबाट आउने सबै सामानमा १०० प्रतिशत भन्सार कर (ट्यारिफ) लगाइदिनेछ।
यसको अर्थ यदि युरोपका देशहरूले अमेरिकी प्रतिष्ठानसँग कर असुल्न खोजे उनीहरूले अमेरिकामा सामान बेच्दा दोब्बर कर तिर्नुपर्नेछ। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै युरोपेली देशहरूले अमेरिकी कम्पनीहरूलाई तारो बनाउन खोजेको आरोप लगाएका छन्। उनले स्पष्ट पार्दै भनेका छन् कि यो नयाँ नियमले पुराना सबै व्यापारिक सम्झौताहरूलाई खारेज गरिदिनेछ।
गुगल, फेसबुक जस्ता ठूला अमेरिकी प्रतिष्ठान (कम्पनी)हरूले संसारभरिबाट अर्बौँ रुपैयाँ कमाउँछन्। युरोपेली देशहरूको भनाइ अनुसार यी कम्पनीहरूले उनीहरूको देशबाट पैसा कमाएकाले त्यहीँ कर तिर्नुपर्छ। तर, ट्रम्प यसको विरुद्धमा छन्। उनले यो करलाई अमेरिकी व्यापार डुबाउने षड्यन्त्रको रूपमा हेरेका छन्।
एबिसीन्यूजले समाचारमा जनाए अनुसार यो विवादले गर्दा अमेरिका र २७ देश सदस्य रहेको युरोपेली संघ बीच ठूलो ‘व्यापार युद्ध’ सुरु हुन सक्छ। युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले ट्रम्पको यो कदमको विरोध गर्दै युरोपले पनि यसको कडा जवाफ दिने बताएका छन्। उनले यो कर कुनै एउटा देशलाई हेपेर नभई सबै ठूला कम्पनीहरूका लागि बराबरी नियम भएको दाबी गरे।
जुलाई ४ सम्ममा अमेरिका र युरोपबीच पुरानो कर घटाउने एउटा सम्झौता लागू हुनुपर्ने समयमा यो यो नयाँ तनाव आएको हो । तर, यो अङ्किय (डिजिटल) करको नयाँ लफडाले गर्दा अब बजारमा सामानको मूल्य निकै बढ्न सक्ने र विश्वको अर्थतन्त्रमा धक्का लाग्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया