
अमेरिकाको म्यासाचुसेट्स राज्यमा विश्वकप भकुण्डो खेलपछि जम्मा भएको ठूलो भीडमा गोली चल्दा कम्तीमा चार जना घाइते भएका छन्। घटना शुक्रबार राति मध्यरातअघि ब्रोकटन शहरमा भएको हो।
ब्रोकटन प्रहरी विभागका अनुसार शुक्रबार राति लगातार गोली चलेको सूचना प्राप्त भएपछि प्रहरी तुरुन्तै मेन स्ट्रिट (मुख्य गल्ली )र पार्क स्ट्रिट (गल्ली )को चोकमा पुगेको थियो। घटनास्थलमा पुग्दा कम्तीमा चार जना गोली लागेर घाइते अवस्थामा भेटिएका थिए।
एबिसीन्यूजका अनुसार घाइते सबैलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको भए पनि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। गोली कसले र किन चलायो भन्ने विषय खुल्न बाँकी छ।
शुक्रबार फक्सबरोस्थित जिलेट रङ्गशालामा नर्वे र फ्रान्स बीच विश्वकप भकुण्डो प्रतियोगिताको खेल सम्पन्न भएको थियो। खेलपछि सयौं समर्थकहरू विभिन्न स्थानमा भेला भएका बेला यो गोलीकाण्ड भएको बताइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ र प्रत्यक्षदर्शीसँग जानकारी संकलन गरिरहेको जनाएको छ।
प्रतिक्रिया