मेरिल्याण्ड राज्यद्धारा अक्टोवर ५ लाई नेपालीभाषीहरुको महान चाड दशै दिवसका रुपमा घोषणा गरिने

विष्णु शर्मा २०८० असोज १६ गते १२:१६ मा प्रकाशित

मेरिल्याण्ड (बल्टिमोर) अक्टुबर ३, २०२३

विष्णु शर्मा

मेरिल्याण्ड राज्यद्धारा अक्टोवर ५ लाई नेपालीभाषीहरुको महान चाड दशै दिवसका रुपमा घोषणा गरिने भएको छ ।

सरकारी तहद्धारा दशैलाई कानुनी रुपमा मान्यता दिने मेरिल्याण्ड पहिलो राज्य बनेको छ । यस दिन मेरिल्याण्ड राज्यको राजधानी एनियापोलिस मेरिल्याण्डा स्टेट हाउस अगाडि दिउस ३ः४५ देखि ४ः३० सम्म एक समारोहका बीच दशै दिवस घोषणा गरिन लागेको जानकारी मेरिल्याण्ड राज्यका स्टेट डेलिगेट डा. एच बी भण्डारीले दिनुभयो ।

सो समारोह नेपाली अमेरिकी समुदायलाई विशेष आमन्त्रण गरिएको छ ।

सोही उपलक्ष्यमा मेरिल्याण्डस्थित हिन्दू बुद्ध मन्दिर प्रांगणमा अक्टुबर ५ तारिख साझ ५ वजे बृहत नेपालको नक्शासहित दिप प्रज्जलन गर्ने कार्यक्रम रहेको नेपाली अमेरिकन कल्चरल सेन्टरका महासचिव तरुण पौडेले जानकारी दिनुभयो ।

मेरिल्याण्ड राज्यका गर्भनर विज मोरले एचबी ९६७ नम्बरको विधेयकमा हस्ताक्षर गरेपछि कानुनी रुपमा मेरिल्याण्ड राज्यमा अक्टुर ५ दशै दिवसका रुपमा घोषणा गरिएको हो ।

सरकारी रुपमा नेपाली सस्कृतिको महत्वलाई स्थापित गराउन नेपालीमूलका अमेरिकी, स्टेट डेलिगेट डा ह्रयारी भण्डारीले प्रमुख भूमिका गर्नु भएको थियो । डा. भण्डारीले संसदमा सो ९६७ नम्बरको विधेयक प्रस्ताव एक वर्ष अगाडि प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई १३५ जना (डेमोक्र्याट र रिपलिकन दुबै पार्टीका स्टेट सांसद) ले अनुमोदन गरेका थिए ।

एक समारोहमा डा.भण्डारीले दशै नेपाली अमेरिकीहरुको सम्बृद्ध सांस्कतिक महत्वलाई परिचित गराउन सकिएकोमा गर्व लागेकोे र यसले अन्य राज्यलाई पनि उत्प्ररित गर्न सघाउने छ, भन्नुभयो ।

नेपाली समुदायको महान चाड दशैकोमहत्वको लाई उच्च सम्मान गरेको अनुभव गरेका प्रतिक्रया मेरिल्याण्डा नेपाली अमेरिकीहरुले दिएका छन् । ।

दशैलाई आसुरी प्रवृतिलाई विजय प्राप्त गरिएको चाडका रुपमा पनि लिइन्छ । यस चाडले नारी शक्तिको महिमालाई चिनाउने गर्दछ ।

हिन्दू बुद्ध मन्दिरमा दशै दिवसमा गरिने दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन सबै नेपाली अमेरिकी समुदायलाई निम्तो छ ।

https://www.facebook.com/messenger_media?attachment_id=853297362769419&message_id=mid.%24cAAAAAHn4j-GRJnUOYmK9S-9H_WiY&thread_id=725053752

प्रतिक्रिया