न्युयोर्क शिविर यात्रामा बेपत्ता भएकी ९ वर्षीया बालिका सकुशल फेला परेकी छिन् । गभर्नरका अनुसार आमाबुवाले छोरी फेला पार्नुअघि घरमा फिरौतीको पर्चा प्राप्त गरेका थिए ।
दुई दिनअघि न्युयोर्क राज्यको उद्यान (पार्क)मा त्रिपाल यात्रा (क्याम्पिङ ट्रिप)मा जाँदा बेपत्ता भएकी ९ वर्षीया बालिका चार्लोट सेना सकुशल फेला परेको र एकजना संदिग्धलाई पक्राउ गरिएको अधिकारीहरूले सोमबार साँझ बताएका छन् ।
उनी फेला पर्नु अघि, चार्लोटका आमाबाबुले उनीहरूको घरमा फिरौतीको नोट (पर्चा )प्राप्त गरेको न्यूयोर्कका गभर्नर क्याथी होचुलले सोमबार साँझ सिएनएनलाई भनिन ।
होचुलले सिएनएनका एन्डरसन कूपरलाई पर्चामा औठाछाप (फिंगरप्रिन्ट)हरू रहेको बताईन, जसले अधिकारीहरूलाई संदिग्धलाई पत्ता लगाउन र अन्ततः शार्लोटलाई फेला पार्न मद्दत गर्यो।
प्रहरीहरुले एक व्यक्तिको घरमा कसरी पत्ता लगाए भनेर हेर्नको लागि यो असाधारण थियो, होचुलले सिएनएनलाई भनिन ।
घरलाई प्रहरी र उदग्रबिमान(हेलिकप्टर)ले घेरे र उनीहरूले संदिग्धलाई सुरक्षा घेरामा ल्याउन सक्षम भए। धेरै समय पछि उनी अस्पतालमा आफ्ना आमाबाबुको काखमा गईन ,होचुलले अगाडी भनिन ।
गभर्नरले चार्लोटको स्वास्थ्य राम्रो रहेको पुष्टि गरिन । चार्लोट, जो आफ्नो परिवारसँग मोराउ लेक स्टेट पार्क(निकुञ्ज)मा शिविर गर्दै थिइन् । रात्रिको समयमा नजिकका साथीहरूसँग दुई चक्र बाहन (साइकल) मा गईन तर कहिल्यै नफर्केको अधिकारीले बताए । चार्लोटलाई अन्तिम पटक साँझ ६:१५ बजे देखीएको थियो। उनको आमाले बेलुका ६:४५ बजे उनी हराएको खबर गरेकी थिइन् ।
चार्लोटको खोजी गर्ने व्यक्तिको संख्या सोमबार बिहानसम्म ४०० जना पुगेको थियो । मद्दत गर्नेहरू ३४ वटा स्वयंसेवक अग्नि विभाग र निजी समूहहरू साथै संघीय, राज्य र स्थानीय प्रहरी बिभागहरु रहेका थिए ।
धेरै लोकप्रिय निकुञ्ज अल्बानीको लगभग ४५ माईल उत्तरमा ६२०० एकड भन्दा बढी छ । वातावरण संरक्षण विभागका अनुसार निकुञ्ज घनघोर जंगल र चट्टानहरूमा अवस्थित रहेको जनाएको छ ।
प्रतिक्रिया