ट्रम्प न्यूयोर्कको एक अदालतमा जालसाजी सुनुवाईमा पहिलो दिन उपस्थित भए पछि आफ्नो ट्रम्प टावर फर्किए

इनेप्लिज २०८० असोज १५ गते २२:१४ मा प्रकाशित

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार अक्टोवर २ का दिन न्यूयोर्कको एक अदालतमा जालसाजी सुनुवाईमा पहिलो दिन उपस्थित भए पछि आफ्नो ट्रम्प टावर फर्किएका छन् ।

ट्रम्प न्यूयोर्कमा आफ्नो नागरिक ठगी मुद्दामा भाग लिएर एक दिन बिताएपछि ट्रम्प टावर फर्केका हुन् । न्यायाधीश आर्थर एन्गोरोनका अनुसार यो सुनुवाइ डिसेम्बर २२ सम्म चल्ने अपेक्षा गरिएको छ।

उनी मंगलबार अदालतमा फर्कनु हुन्छ भनि ट्रम्प अदालतबाट बाहिरिने क्रममा पत्रकारहरूलाई भने: “हामीलाई हुन सक्छ, हामी यो नगर्न सक्छौ , मलाई यो गर्नुको सट्टा चुनावी प्रचार गर्न मनपर्छ।”

ट्रम्पले न्यूयोर्कमा सोमबारको नागरिक ठगी मुद्दाले आफूलाई “चुनावी अभियानको बाटोबाट बाहिर निकालेको” दाबी गरे र यो मुद्दालाई उनी विरुद्ध राजनीतिक आक्रमण गरेको आरोप लगाए ।

ट्रम्प न्यूयोर्कको अदालतमा उनी, उनका जेठा छोराहरू, उनीहरूका प्रतिष्ठान (कम्पनी)हरू र ट्रम्प संगठनका कार्यकारीहरू विरुद्ध नागरिक ठगी मुद्दाको सुनुवाइको लागि उपस्थित भएका थिए ।

ट्रम्पलाई सुनुवाईमा उपस्थित हुन आवश्यक थिएन । जुन नागरिक कारबाही हो र फौजदारी मुद्दा होइन। यद्यपि पूर्व राष्ट्रपतिले न्यूयोर्क महान्यायाधिवक्ता लेटिटिया जेम्सको २५० मिलियन मुद्धालाई आक्रमण गरे ।

“यो राजनीतिको लागि थियो। यो तिनीहरूका लागि धेरै सफल भएको छ । उनीहरूले मलाई चुनावी अभियानबाट बाहिर निकाले, “ट्रम्पले अदालतबाट बाहिर निस्कँदा भने,”किनभने म आयोवा, न्यू ह्याम्पशायर, साउथ क्यारोलाइनामा प्रचार प्रसारको लागि यात्रा गर्न सक्ने अन्य धेरै ठाउँहरूमा हुनुको सट्टा दिनभर अदालतमा बसेको छु।”

यो निर्णय न्यूयोर्क महान्यायाधिवक्ता लेटिया जेम्सको लागि महत्त्वपूर्ण विजय हो भने उनले गत सेप्टेम्बरमा २५० मिलियन मुद्धा ल्याएकी थिइन् ।

ट्रम्प र उनका सह-प्रतिवादीहरूले व्यापारिक घर जग्गा ऋण र बीमामा राम्रो सर्तहरू प्राप्त गर्न वित्तीय विवरणहरूमा सम्पत्ति वृद्धि गर्न बारम्बार चालबाजी गरेका थिए भनि मुद्धा हालेकी थिइन् ।

महान्यायाधिवक्ता (अटर्नी जनरल)को कार्यालयका अनुसार ट्रम्पले २०११ र २०२१ को बीचमा तीन अलग-अलग वर्षहरूमा आफ्नो कुल सम्पत्ति ३.६ बिलियनले बढाएका थिए भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया