युटाहकी नोएलिया भोइट अमेरिका सुन्दरी अर्थात् मिस युएसए २०२३ बनेकी छिन । भोइटले अमेरिका सुन्दरी २०२३ को ताज जितेकी छिन् । उनि युटाह सुन्दरी बन्ने पहिलो भेनेजुएला-अमेरिकी हुन् भने अमेरिका सुन्दरी बन्ने पनि पहिलो भेनेजुएला-अमेरिकी भएकी छिन ।
सिडब्लु नेटवर्क( संजाल) मा प्रत्यक्ष प्रसारण मार्फत गत शुक्रबार राति नेभादाको रेनोमा समापन भएको प्रतियोगितामा युटाहकी भोइट मिस युएसएको ताज पहिरिन सफल भएकी हुन् ।
२३ वर्षीय भोइटले प्रतियोगितामा अन्य ५० जनालाई पछि पार्दै जीत हासिल गरेकी हुन् । टेलिभिजन प्रतियोगिताको सुरुमा २० जनालाई छनौट गरिएको थियो । अन्तिम पाँचमा ५ भोइट , गान्कीविच, पेन्सिलभेनियाका जास्मिन डेनियल, टेक्ससको लुभिया अल्जाट र विस्कन्सिनका एलेक्सिस लुमान्स पुगेका थिए ।
प्रतिक्रिया