अमेरिकामा डिसी क्षेत्रका दुई प्रसिद्ध भकुण्डो टोली एउटामा गाभिए

इनेप्लिज २०८० असोज १३ गते १९:५७ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्र डिसी दुई प्रसिद्ध भकुण्डो टोली(फुटबल टिम ) एउटामा गाभिएका छन् । यस क्षेत्रमा निकै चर्चित र बिभिन्न प्रतियोगितामा सहभागी हुदै आएका र प्रतियोगिता सम्म जितेका यी दुई सकर टिम अर्थात् लात्ते भकुण्डो टोली अन्तत्वगत्वा बिलय भएका छन् ।

डिसी क्षेत्रको भर्जिनियामा एक कार्यक्रम बीच दुवै टोलीका मुख्य खेलाडी तथा पदाधिकारीहरु सहितले आयोजना गरेको कार्यक्रममा अन्य व्यक्तित्वहरुको उपस्थितिमा गाभिएको घोषणा सार्वजनिक गरेका छन् ।

साथै खेलाडीहरुको गन्जी संख्या समेत सार्वजनिक गरिएको छ । उक्त एक कार्यक्रममा युएनएफसी फुटबल टोली तथा एवरेस्ट लायन्स फुटबल कल्ब एकैमा गाभिएका छन् । युएनएफसी फुटबल टोलीको स्थापना २०१७ मा भएको हो भने एवरेस्ट लायन्स फुटबल कल्ब (भकुण्डो टोली)को स्थापन २०२१ मा भएको हो । दुवै टोलीमा अमेरिका पढन आएका बिधार्थी ,सानो उमेरमा अमेरिका आएका तथा अमेरिकामै जन्मिएका खेलाडीहरु समेत रहेका छन् ।

प्रतिक्रिया