रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्कोमा एक वर्ष पहिले अवैध रूपमा बिलय गरेको उपलक्ष्यमा वार्षिकोत्सव मनाएका छन् । उनले सम्बोधनमा
चार युक्रेनी क्षेत्रका बासिन्दाहरूले तिनीहरूको जन्मभूमिसँग रहन आफै छनोट गरेको बताए ।
विलयको पहिलो वार्षिकोत्सव मनाउन प्रारम्भिक चरणमा जारी गरिएको सम्बोधनमा, पुटिनले यो “अन्तर्राष्ट्रिय मापदण्डहरू अनुसार पूर्ण रूपमा” सम्पन्न भएकोमा जोड दिए।
उनले डोनेट्स्क, लुहान्स्क, जापोरिझिया र खेरसन क्षेत्रका बासिन्दाहरूले यस महिनाको सुरुमा स्थानीय चुनावमा रूसको हिस्सा बन्ने इच्छा व्यक्त गरेका थिए भनि दाबि गरे । रूसको केन्द्रीय निर्वाचन आयोगले देशको सत्तारूढ दलले सबैभन्दा धेरै मत जितेको बताएको थियो।
पश्चिमले गत वर्ष भएको जनमत संग्रह र भर्खरै भएका मतपत्र दुवैलाई कडा आलोचना गर्नुको साथै निन्दा गरेको छ। रूसी अधिकारीहरूले मस्कोले एक वर्ष पहिले अवैध रूपमा कब्जा गरेको र अझै पनि पूर्ण रूपमा नियन्त्रण नगरेको क्षेत्रहरूमा आफ्नो पकड बलियो बनाउने प्रयास गर्दा मतदानहरू आयोजित गरिएको थियो।
गत शुक्रबार रेड स्क्वायरमा वार्षिकोत्सवको अवसरमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो, तर पुटिन सहभागी भएनन्।
रुसको रक्षा मन्त्रालयले शुक्रबार देशका धेरैजसो क्षेत्रमा अक्टोबर १ देखि अनिवार्य सैन्य सेवाका लागि १३०,००० पुरुष भर्ती गर्ने बताएपछि यो सम्बोधन आएको हो।
यसैबीच युक्रेनमा युक्रेनको आंशिक कब्जामा रहेको दक्षिणी जापोरिझिया क्षेत्रका गभर्नर युरी मालाश्कोले क्षेत्रीय राजधानीको उत्तरपूर्वी बाहिरी भागमा रहेको माटविभका गाउँमा शनिबार दुईवटा मानवरहित यान (मिसाइल )आक्रमणमा पाँच जना घाइते भएको बताएका छन्।
प्रतिक्रिया