गोपाल नेपाल फिस्टेको निर्देशन तथा केन्टकी अमेरिकाका गायक सरोज अधिकारी स्वरमा “ आज किन” नामक गीत सार्वजनिक

इनेप्लिज २०८० असोज १३ गते ०:४९ मा प्रकाशित

बिगत १४ वर्षदेखि अमेरिकामा बस्दै आएका गायक सरोज अधिकारीले आफ्नो गीत संगीतलाई निरन्तरता दिदै नयाँ गीत ‘आज किन ” को भिडियो(अङ्कीयदृश्य ) सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई उनले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा शब्द /संगीत प्रकाश बश्यालको रहेको छ ।

हास्य कलाकार गोपाल नेपाल फिस्टेको निर्देशन रहेको यो गीतको छायाँकन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन वरिपरी र केही छायाँकन भारतमा गरिएको हो । गीत जस्तै भिडियो पनि आकर्षक बनेको छ । लामो समय देखि अमेरिकाको केन्टकीमा रहेर पनि आफ्नो गीत संगीतलाई भने सरोजले निरन्तता दिँदै आएका छन् ।

बिछोडको कथामा आधारित यो गीतको भिडियोमा मोडलद्धय शुभम् पाण्डे र स्मिता शरन अभिनय रहेको छ । “आज किन ” गीतको भिडियोमा प्रदीप कम्माको सम्पादन, बिक्रमको रँग संयोजन,पोष्टर डिजाईन राकेश दाहालको रहेको छ । गीतको भिडियोलाई राजु तिमील्सिना र अर्जुन थापाले छायाँकन गरेका हुन् ।

प्रतिक्रिया