सूचक सम्मानबाट दशसाहित्यकार सम्मानित

इनेप्लिज २०८० असोज १२ गते ११:१५ मा प्रकाशित

काठमाडौं । सूचक प्रकाशनबाट दश साहित्यकार सम्मानित भएका छन् । आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार साहित्यकार इल्या भट्टराई र बाह्रखरीकर्मी राजेश खनाललाई नगद र प्रमाणपत्रसहित समर्पण गरिएको छ ।

सूचक सम्मान कवि गीता कार्की, साहित्यकारत्रय ज्ञानु अधिकारी, लीलादेवी श्रेष्ठ तथा सपना लामिछाने, कविद्वय डा. रेणुका सोलु एवम् वसन्त नकर्मी, समाजसेवी हेमन्तकुमार कार्की, स्वास्थ्यसेवी डा. सिद्धार्थ रञ्जितलाई प्रदान गरिएको छ ।

श्रष्ठाहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रमाण पत्र तथा दोसल्ला ओडाएर सम्मानित गरेका हुन् । सूचक प्रकाशनका आजिवन सदस्य साहित्यकार हिरण्यकुमारी पाठक, शिक्षाविद् एवं समाजसेवी केदारनाथ श्रेष्ठ, महिलाहरुको साहित्यिक संस्था गुन्जनको अध्यक्ष एवं साहित्यकार जलेश्वरी श्रेष्ठ, पत्रकार जयराम विडारी, समीक्षक अरुण बहादुर खत्री नदि र कवि रश्मि रिमाल, पत्रकार बहिनी मायालु लामा, युवा कवि तथा गजलकार भाइ प्रकाश समीर धन्यवादको पात्र हुनुहुन्छ ।

पत्रकार जयराम बिडारी, कवि रश्मि रिमाल तथा समीक्षक अरुण खत्री ‘नदी’लाई कदर–पत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया