नेपालको संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा सेप्टेम्बर २८ बिहिबारका दिन साँझ वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले स्वागत समारोहको आयोजना गरेको छ ।
नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस भब्यताको साथ मनाइएको छ ।
सो अवसरमा बोल्दै राजदूत श्रीधर खत्रीले संयुक्त राज्य अमेरिकामा रहनुभएका नेपाली समुदायका सदस्य तथा नेपालका शुभचिन्तक /नेपालका मित्रहरुलाई शुभकामना व्यक्त गरे।
राजदूतले सन् २०१५ मा संविधान जारी भएयता नेपालले समावेशी लोकतन्त्रलाई सुदृढीकरण र आर्थिक रुपान्तरणमा गरेको प्रगतिबारे प्रकाश पारे ।
उनले सामाजिक–आर्थिक विकासको प्रयासमा नेपालको भरपर्दो विकास साझेदार र घनिष्ट मित्र भएकोमा अमेरिकालाई धन्यवाद दिए ।
सो अवसरमा बोल्दै विदेश विभागकी उपसहायक सचिव आफरिन अख्तरले समृद्ध र लोकतान्त्रिक नेपालका लागि अमेरिकाले लामो समयदेखिको साझेदारीलाई निरन्तरता दिने बताइन ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) का सीईओ एलिस अल्ब्राइट, ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर, युएसएआईडीकी उप सहायक प्रशासक अञ्जली कौर ,उप-उपाध्यक्ष सहित कुल २५० अतिथिहरूको उपस्थिति रहेको थियो ।
एमसीसीका जोनाथन ब्रुक्स, दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रेसर, राजदूत, कूटनीतिक समुदायका सदस्य, व्यापारी नेता, सञ्चारकर्मी र नेपाली समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।
समारोहमा क्यालिफोर्निया,म्यासाचुस्टेस ,पेन्सेल्भेनिया ,टेक्सस,न्यू जर्सी ,कोलोराडो लगायत डिसी महानगर क्षेत्रबाट नेपाली समुदायहरुको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले सहित टोली , टेक्सस युलेशका नगर परिषद सदस्य टीका पौडेल,न्यूजर्सीबाट महिला सामाजीक अभियन्ता डा बिष्णु माया परियार,म्यासाचुस्टेस बोस्टनबाट प्रल्हाद केसी ,क्यालिफोर्नियाबाट एसी शेर्पा तथा अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल लगायत थुप्रै लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन द्वितीय सचिव उत्तम घिमिरेले गरेका थिए । कार्यक्रम पश्च्यात रात्री भोजनको आयोजना गरिएको थियो ।
प्रतिक्रिया