उत्तर कोरियाद्वारा अवैध रूपमा घुसपैठ गरेका अमेरिकी सैनिक ट्राभिस किङलाई निष्काशन गर्ने निर्णय

इनेप्लिज २०८० असोज १० गते १०:५३ मा प्रकाशित

उत्तर कोरियाले अवैध रूपमा घुसपैठ गरेका भगौडा अमेरिकी सैनिक ट्राभिस किङलाई निष्काशन गर्ने निर्णय गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उत्तर कोरियाले गत जुलाईमा संयुक्त सुरक्षा क्षेत्रको भ्रमणको क्रममा दक्षिण कोरियाबाट उत्तरमा प्रवेश गरेका अमेरिकी सेनाका ट्राभिस किङलाई “निष्काशन” गर्ने निर्णय गरेको सरकारी संचार माध्यम राज्य केसीएनएले बुधबार समाचार दिएको छ।

डिपिआरकेको सम्बन्धित अंगले गणतन्त्रको कानून अन्तर्गत डिपिआरकेको भूभागमा अवैध रूपमा घुसपैठ गर्ने अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई निष्कासन गर्ने निर्णय गरेको छ,” केसिएनएले समाचार सम्प्रेषण गरेको छ ।

प्रतिवेदनले भागेका अमेरिकी सैनिक माथिको अनुसन्धान “सम्पन्न” भइसकेको बताएको छ।

अमेरिकी सेना भित्र अमानवीय दुर्व्यवहार ,जातीय भेदभाव ,असमान व्यवहार रहेको उत्तर कोरियाले दाबी गर्दै किङ्गले गैरकानुनी रूपमा डिपिआरकेको क्षेत्रमा घुसपैठ गरेको स्वीकार गरेको जनाएको छ ।

सिएनएनले किङ्ग कहाँ, कहिले र कसरी निष्कासन गर्ने केसीएनएको प्रतिवेदनमा स्पष्ट नभएको जनाएको छ ।

प्रतिक्रिया