अमेरिकाले प्रदान गरेको अब्राम ट्याङ्क(युद्ध बख्तरबन्द )हरू युक्रेन पुगेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलेअमेरिकालाई धन्यवाद दिएका छन् ।
युक्रेनमा अमेरिकी (युएस )अब्राम ट्याङ्क(युद्ध बख्तरबन्द)हरू आइपुगेका छन् र “हाम्रो सैनिकगण (ब्रिगेड)हरूलाई बलियो बनाउन तयार भइरहेका छन्,” युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार भने।
“सम्झौताहरू पूरा गर्नका लागि म हाम्रा सहयोगीहरू प्रति कृतज्ञ छु! हामी नयाँ सम्झौताहरू खोजिरहेका छौं र आपूर्तिको भूगोल विस्तार गर्दैछौं,” जेलेन्स्कीले टेलिग्राम वक्तब्यमा भने।
पेन्टागनले ३१ वटा अब्राम ट्याङ्कहरू पुगेको पुष्टी गरेको छ ।
प्रतिक्रिया